arrow

मुलुकको समस्याको समाधान संवैधानिक प्रक्रिया र प्रणालीबाट नै हुनुपर्छः  प्रधानसेनापति थापा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २३ आइतबार
nepali-army-chief.jpg

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूणर्चन्द्र थापाले मुलुकको समस्याको समाधान संवैधानिक प्रक्रिया र प्रणालीबाट नै हुनुपर्ने बताएका छन् ।

आइतबार भद्रकालीस्थित जंगी अड्डामा आफ्नो कार्यकालको एक हजार दिन पुगेको अवसरमा संचारकर्मीहरुसँगको अन्तक्रियालाई सम्बोधन गर्दै प्रधानसेनापति थापाले मुलुकको राजनीतिक परिस्थितिलाई नजिकबाट नियालिरहेको बताए ।

‘सबै सुरक्षा निकायले आ-आफ्नै तरिकाबाट अवस्थाको विश्लेषण गरिरहेका हुन्छन्, ‘सेनाले पनि मुलुकको राजनीतिक परिस्थितिलाई नजिकबाट हेरिरहेको छ, सबै समस्याको समाधान संवैधानिक प्रक्रिया र प्रणाली भित्रैबाट खोज्नु पर्छ,’ प्रधानसेनापति थापाले भने ।

उनले सेनाको संवैधानिक दायित्व प्रष्ट रहेको भन्दै सेनाले प्रजातान्त्रिक मूल्य मान्यतालाई अंगिकार गर्दै आएकोसमेत बताए । सोही क्रममा प्रधानसेनापति थापाले राजनीति परिस्थितिबाट चुनौती हुन सक्नेतर्फ सेना सचेत रहेकोसमेत भनेका छन् । तर राजनीतिक समस्या राजनीतिक सुझबुझबाट नै समाधान हुन्छन भन्ने विश्वाससमेत आफूले लिएको उनले भनेका छन् ।

सरकारसँगको वार्तापछि विप्लव समूह शान्तिपूणर् मूल राजनीतिमा आउने विश्वास आफूमा रहेको भन्दै प्रधानसेनापति थापाले समाजमा कसैले द्वन्द फैलाउन खोज्छ भने सुरक्षा निकाय, मिडिया र आम नागरिकको सहयोगमा त्यसलाई परास्त गर्न सकिने बताए ।

प्रधानसेनापति थापाले नेपाली सेनाको दायित्व र जिम्मेवारी संविधानले निर्धारण गरेकोले सोही अनुसार अघि बढ्नेसमेत प्रष्ट पारे । उनले प्रधानसेनापति बन्ने बित्तिकै संगठन सुधार गर्न भन्दै प्रधानसेनापति कमाण्ड मार्ग निर्देशन २०७५ जारी गरेका थिए भने जवाफदेहितासहितको कार्यसम्पादन शैलीको सुरुवात गरेका थिए ।

आफ्नो कार्यकालको हजार दिन पुगेकोमा उनले भने, ‘मेरो योजना तत्कालिन भन्दा पनि दीर्घकालिन छ र भविष्यका लागि केन्द्रित रहनेछ ।’

उनले यसअघि प्रधानसेनापति भएपछि एक सय दिन, एक वर्ष र दुई वर्ष पुग्दा पनि संचारकर्मीहरुसँग अन्तक्रिया गरेका थिए । यसैगरी उनले आफ्नै संगठन भित्रका सकलदर्जाको गुनासा सुन्नका लागिसमेत ‘प्रधानसेनापति त्रैमाशिक रोलकल’ गर्दै आइरहेका छन् । हालसम्म सकलदर्जाका गुनासा सुन्नका लागि नौ वटा रोलकल आयोजना भइसकेको छ ।

प्रधानसेनापति थापाले हजार दिनको अवधिलाई नेतृत्व हस्तान्तरणको शुरु विन्दुका श्रपमा लिएको भन्दै आगामी नेतृत्वलेसमेत आफूले गरेको संगठन सुधारका कामलाई निरन्तरता दिने विश्वास व्यक्त गरे । प्रधानसेनापति थापा सैनिक नेतृत्वमा अझै ९६  दिन रहनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ