arrow

पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काइने : अध्यक्ष ओली (विज्ञप्तिसहित)

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ जेठ २३ आइतबार
kp-oli-serious-mood.jpg
फाइल तस्बिर

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पार्टीलाई २०७५ जेठ ३ अघिको पूर्व अवस्थाबाट अगाडि बढाउन तयार रहेको भन्दै सबैलाई पार्टी एकतामा आउन आह्वान गरेका छन्।

ओलीले त्यसो गर्दा तत्कालीन नेकपाको केन्द्रीय कमिटीका सदस्यहरूमध्ये एकताको पक्षमा उभिएका नेताहरूसहित केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचनाहरू क्रियाशील हुने बताएका छन्।

ओलीले पार्टी कमिटी र जनसङ्गठनहरू पनि मूलभूत रुपामा २०७५ जेठ २ पूर्वको अवस्थामा फर्के क्रियाशील हुने बताएका छन्।

आइतबार पार्टी एकताका लागि ६ बुँदे अपिल जारी गर्दै ओलीले आफ्नो पार्टीको प्रधानमन्त्रीलाई पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउने रिटबाट हस्ताक्षर फिर्ता हुनुपर्ने प्रस्ट पारेका छन्।

ओलीले यसबीचमा भएका कारबाही फिर्ता गरिने र कुनै पूर्वाग्रह र भेदभाव नराखिने समेत बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ