arrow

आयल निगमले घटायो हवाई इन्धनको मूल्य

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २४ सोमबार
nepal-oil-corporation.jpg.jpeg

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ । स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीहरुको गुनासोपछि भएको छलफलपछि प्राप्त सुझावअनुसार आइतबार राति १२ बजेदेखि लागु हुने गरी हवाई इन्धन अन्तर्राष्ट्रिय उडानतर्फ साविकको बिक्री मूल्य अमेरिकी डलर ८९३ प्रतिकिलो लिटरमा १७८ ले घटाई नयाँ बिक्री मूल्य अमेरिकी डलर ७१५ राखिएको निगमले जनाएको छ । 

निगमका प्रवक्ता इन्जिनियर विनितमणि उपाध्यायले जारी गरेको प्रेस विज्ञप्तिअनुसार आइतबार बसेको निगम संचालक समितिको बैठकले कोरोनाका कारण सिर्जना भएको वर्तमान अवस्था रहुन्जेल अन्तर्राष्ट्रिय अवाई इन्धनमा बढीमा १५ प्रतिशतसम्म नाफा राखी मूल्य निर्धारण गर्ने नीति पारित गरिएको छ । 

 निगमले निगमको इन्धनको मूल्य निर्धारण नीति अनुसार एपीग्यासको नोक्सानीलाई अन्तर्राष्ट्रिय हवाई इन्धनको नाफाबाट परिपूर्ति गर्ने व्यवस्था रहेको भन्दै हवाई इन्धनको नाफा करिब ४० प्रतिशतसम्म रहेको उल्लेख गर्दै अब हवाई इन्धनको मूल्य घटाउने बताएको हो । यसअघि गत आर्थिक वर्षको अन्य विक्रीको अवस्थामा करिब ७० प्रतिशतसम्म रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ