arrow

डोटीमा उपप्रधानमन्त्री महतोको पुत्ला जलाइयो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २४ सोमबार
mahato-putla.jpg

डोटी । डोटीमा उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोको पुत्ला जलाइएको छ ।

महतोले संविधान विरोधी अभिव्यक्ति दिएको भन्दै जोरायल गाउँपालिकास्थित बुडर बजारमा आइतबार साँझ पुत्ला जलाइएको हो ।

नेपाल दरुण दल जोरायल गाउँपालिकाको नेतृत्वमा स्थानीय अगुवाहरुले नाराबाजीसहित विरोध प्रदर्शन गर्दै महतोको पुत्ला जलाएका हुन् ।

प्रधानमन्त्री ओलीले एकपछि अर्को राष्ट्रघाती काम गर्दै गएको तथा उपप्रधानमन्त्री महतोले बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने अभिव्यक्ति दिएका कारण उनीहरुको पुत्ला दहन गरिएको तरुण दलका अध्यक्ष किरण मल्लले बताए ।

पुत्ला दहनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि नाराबाजी गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ