arrow

मन्त्रिपरिषद् विस्तारमा सांसद अपहरण गर्ने, रातो पासपोर्ट बेच्नेदेखि ७० करोड कमिसन माग्नेसम्मको चर्चा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २४ सोमबार
mahesh-gokul-naradmuni.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज भोलि नै मन्त्रिपरिषद् विस्तार गर्दै छन् । उनको मन्त्रिपरिषद् विस्तारमा सांसद अपहरण काण्डका आरोपित महेश बस्नेतदेखि रातो पासपोर्ट बेचेका नारदमुनि रानासम्मको चर्चा छ । यसै गरी ७० घुस काण्डमा चर्चा कमाएका गोकुल बास्कोटालाई पनि ओलीले सरकारमा ल्याउने तयारी गरेका छन् ।  

प्रधानमन्त्री ओलीले अहिले ८ वटा मन्त्रालय आफूसँग राखेका छन् । स्रोतका अनुसार माधव नेपाल पक्षसँग सहमति भयो भने उनले केही मन्त्रालय माधव पक्षलाई दिने भएका छन् । बाँकी मन्त्रालय आफू निकट व्यक्तिलाई दिने गरी तयारी गरेका छन् । ओली निकट स्रोतले भन्यो, ‘ओलीले आइतबार साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका थिए । माधव नेपाल पक्षसँग सहमति हुने अवस्था देखिए पछि उनले माधव नेपाल पक्षलाई पर्खेका छन् ।’ 

रातो पासपोर्ट बेचेको मुद्दा खेपी रहेका नारदमुनि राना ओली सरकारमा जान लागि परेका छन् । रानाले कैलाली ४बाट चुनाव जितेका हुन । नेपाली काँग्रेसकी नेतृ आरजु देउवालाई पराजित गरी उनले चुनाव जितेका हुन् । २०६४ सालको संविधान सभाको चुनावमा विजय भए पछि उनले आफूसँग भएको रातो पासपोर्ट १० लाखमा बेचेका थिए । त्यस बेला उनले अस्ट्रेलिया जाने एक व्यक्तिलाई रातो पासपोर्ट बेचेका थिए । रानाले रातो पासपोर्ट दुरुपयोग गरेको थाहा भए पछि यस विषयमा विशेष अदालतमा मुद्दा पर्‍यो। विशेष अदालतले २०७२ साउन २६ मा उनलाई दोषी देखायो । अहिले यो मुद्दा सर्वोच्चमा विचाराधीन छ । उनले २०७४को निर्वाचनमा कैलालीबाट निर्वाचित भएका थिए । 

त्यसो त, रातो पासपोर्ट बेचेर बदनामी कमाएका राना एक्लो सांसद होइनन् । २०६४ सालको संविधान सभाका सभासद् बिपी यादव, शिवपुजन यादव तथा गायत्री साहले पनि रातो पासपोर्ट बेचेर बदनामी कमाएका थिए । त्यस बेला बदनामी कमाएका शिव पूजन र गायत्री साह अहिले राजनीतिबाट पुरै हराएका छन्। बिपी यादव भने बेला बेलामा चर्चामा आउने गरेका छन् । रानाले भने २०७४ को चुनाव जिते । 

महेश बस्नेतले पोहर साल तत्कालिका समाजवादीका सांसद सुरेन्द्र यादवलाई अपहरणको शैलीमा काठमाडौँ ल्याउनेदेखि केही दिन अघि महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष धरका सांसदहरूलाई भक्तपुरको डोलेश्वर रिसोर्टमा पुर्‍याउने कामसम्ममा  प्रधानमन्त्रीलाई सहयोग गरेका थिए । ओली सरकारलाई जोगाउन  सहयोग गरे बापत बस्नेतले अहिले मन्त्री पद पाउने भएका छन्–स्रोतले भन्यो । स्रोतका अनुसार, बस्नेतले उनलाई गृहमै ल्याउन आग्रह गरे पनि प्रहरी प्रशासनले उनलाई त्यति नरुचाएको कारण ओलीले बस्नेतलाई गृह दिन हिचकिचाएका छन् । 

मन्त्रिपरिषद् विस्तारमा खगराज अधिकारी, शान्ता चौधरी, विशाल भट्टराईको नाम पनि मन्त्रीमा चर्चा छ । आगामी चुनावमा प्रभाव पार्ने गरी ओलीले आफू निकट व्यक्तिलाई गृहमा ल्याउने तयारी गरेका छन् । स्रोतका अनुसार प्रधानमन्त्रीले माओवादी छाडेर एमाले आएका केही व्यक्तिलाई पनि सरकारमा ल्याउने तयारी गरेका छन् ।

यो पनि पढनुस् :



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ