arrow

औपचारिक रूपमा खोप भित्रिने टुङ्गो लागेको छैन- स्वास्थ्य मन्त्रालय

एउटा विषयलाई अर्कै तरिकाले सञ्चार माध्यममा प्रस्तुत गरियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २४ सोमबार
health_ministry_1617956882.JPG

काठमाडौं । कोभिड१९विरुद्धको खोप भित्र्याउन अथक प्रयास भइरहेको तर, अहिलेसम्म खोप भित्रिने टुङ्गो नलागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

विभिन्न ठाउँमा खोपका लागि थुप्रै वार्ता, संवाद र पहल भइरहेको भए पनि अहिले औपचारिक रूपमा खोप आउने यकिनसहित टुङ्गो नलागेको मन्त्रालयले जनाएको हो ।

डेनमार्कबाट नेपालले करिब १४ लाख डोज खोप ल्याउन लागेको समाचार समेत अस्पष्ट रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले खोप आउने भनेर 'अर्कै विषयलाई अर्कै तरिकाले सञ्चार माध्यममा प्रस्तुत गरिएको' बताए ।

'खोपका लागि थुप्रै वार्ता र संवाद भइरहे पनि अहिले कुन मितिमा कति खोप आउँछ भनेर भन्ने अवस्था छैन, हाम्रो हातमा खोप नपुगेसम्म केही भन्नै सकिँदैन', उनले भने ।

विभिन्न देशहरू झैं खोपका लागि डेनमार्कसँग पनि छलफल भइरहेको भए पनि अहिलेसम्म टुङ्गो नलागेको उनको भनाइ छ ।

भारतको सिरम इन्स्ट्यिुटबाट खरिद गरिएका २० लाख डोज कोभिसिल्ड खोपमध्ये १० लाख डोज खोप अझै आउन सकेको छैन । भारतबाट खोप भित्रिन नसक्दा १० लाखभन्दा बढी मानिसहरू दोस्रो डोज खोप पाउनबाट वञ्चित भएका छन् ।

जेठ २३ गतेदेखि असार १० गतेसम्म करिब साढे १४ लाख मानिसहरूले दोस्रो डोज खोप लगाउनु पर्ने भए पनि खोप नहुँदा कहिले लगाउन पाउँछन् भनेर टुङ्गो लाग्न सकेको छैन । 

मन्त्रालयले चाँडो भन्दा चाँडो कोभिसिल्ड जस्तै खोप भित्र्याएर लगाउने भन्दै पहिलो डोज लगाएकाहरूलाई धैर्य गर्न आग्रह गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ