arrow

मेरो आजको दिन नै अन्तिम हो भनेर काम गर्छु : नवनियुक्त स्वास्थ्य मन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २४ सोमबार
sher-bahadur-tamang.JPG

काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पूर्ण प्राथमिकता भनेको जनतालाई कोरोना भाइरसको कहरबाट मुक्त गर्ने भएको बताएका छन् ।

सोमबार मन्त्रालयले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै मन्त्री तामाङले आफ्नो पहिलो, दोस्रो र तेस्रो प्राथमिकता भन्दा पनि अहिले कोरोना कहरबाट जनतालाई मुक्त गर्ने मुख्य प्राथमिकता भएको बताएका हुन् ।

देशका विभिन्न स्थानमा ३९६ अस्पतालको निर्माणका लागि यसै महिना टेन्डर प्रक्रिया सकेर निर्माण प्रक्रिया अघि बढाउने समेत उनले बताएका छन् ।

कोभिड१९को तेस्रो लहर आउने विज्ञको भनाइका आधारमा सातै प्रदेशमा बालबालिकाको उपचारका लागि अस्पताल बनाउने समेत नवनियुक्त मन्त्री तामाङले बताएका छन् । यस्तै उनले स्वास्थ्य मन्त्रालयबाट गरिने काम पारदर्शी तरिकाले गरिने बताएका छन् ।

मन्त्रालयको काममा कहीँ कतै त्रुटि हुन गएमा खबरदारी गर्न समेत उनले आग्रह गरेका छन् । उनले आफूले मे रो यहीँ दिन अन्तिम दिन हो भनेर काम गर्ने उनले बताएका छन् ।

आफ्नो सिद्धान्त नै आजको दिन नै मेरो अन्तिम दिन हो भनेर काम गर्ने भएका कारण सोही अनुसार आफूले काम गर्ने समेत उनले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ