arrow

नेपाल-खनाल समूहको निष्कर्षः ओलीको प्रस्ताव जालझेलपूर्ण, हस्ताक्षर फिर्ता नगर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २४ सोमबार
60baeb3ed0ac6.jpg
फाइल तस्बिर

काठमाडौं । आन्तरिक विद्रोह गर्दै नयाँ दल खोल्ने तयारीमा रहेका एमालेको झलनाथ खनाल-माधव नेपाल समुहको स्थायी कमिटी बैठकले ओलीले पार्टी विवाद मिलाउन गरेको ६ बुँदे प्रस्तावलाई जालझेलपूर्ण भएको जनाएको छ । 

अध्यक्ष ओलीले एकताका नाममा जारी गरेको वक्तव्यले पार्टी एकता नहुने उल्लेख गर्दै माओवादीबाट एमालेमा आएका रामबहादुर थापालाई पनि स्थायी कमिटीको बैठकमा राखेर एकताको अर्को नाटक मञ्जन गरेको भन्दै उनीहरुले ओलीको प्रस्ताव जालझेल पूर्ण भएको बताएका हुन् ।

नेपाल-खनाल समूहले सोमबार ओलीको प्रस्तावमा लिखित जवाफ फर्काउने तयारी गरेको छ । ‘हामी हरेक बुँदाको उत्तर तयार गर्दैछौ ओलीले केही मात्रामा आफूलाई अवगाल नआओस भनेर यस्तो षडयन्त्र गरेका हुन्’, नेपाल पक्षका नेता बेदुराम भूषालले भने ।

सोमबार भर्चुअल विधिबाट बसेको स्थायी समिति बैठकले ओली इमान्दार नभएको निष्कर्ष निकालिएको नेता युवराज ज्ञवालीले जानकारी दिए ।  ‘अहिले पनि हामी एकताकै पक्षमा छौ, तर अध्यक्ष ओलीले आइतबार जारी गरेको बक्तव्यले एमालेलाई जेठ २ को अवस्थामा फर्काउने संकेत गरेको छैन’, नेता ज्ञवालीले भने ‘संविधान मिचेर संसद विघटन गरेकोप्रति पनि उहाँले आत्मालोचना गर्नुभएको छैन, मूलत उहाँ इमान्दार देखिनु भएन’, नेता ज्ञवालीले भने ।

नेता ज्ञवालीले स्थायी समितिका सदस्यहरुको विचमा भएको छलफलले अध्यक्ष ओलीको प्रस्तावमा आफ्नो समुहले लिखित जवाफ नै दिने तयारी गरेको समेत जानकारी दिए ।  ‘प्रेस स्टेटमेन्ट तयार हुदैछ बरिष्ठ नेताले जारी गर्नुहुन्छ । त्यसमा धेरै कुरा आउछन्,’ नेता ज्ञवालीले भने ।

त्यस्तै खनाल नेपाल समुहको छलफलले ओलीले भनेजस्तो प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा पुगेको मुद्दाको हस्ताक्षर समेत फिर्ता लिन नसक्ने ठहर गरेको छ । ‘ओलीले एकताको नाममा एकताको विपक्षमा वक्तव्य जारी गर्नुभएको छ, । यसलाई हामीले गम्भीर रुपमा लिएका छौ’,नेता ज्ञवालीको दावी छ ।

बैठकमा सुरेन्द्र पाण्डे, घनश्याम भूषालले पनि आफ्नो धारणा राखेको भएपनि उनीहरुले के के भने भन्नेबारेमा केही बताइएको छैन । ‘व्यक्ति व्यक्तिमा नजानुस हाम्रो धारणा वरिष्ठ नेता नेपालले सार्वजनिक गर्नुहुनेछ’, नेता बेदुराम भूषालले भने । उनले पुरानो कारबाही फिर्ता नलिने तर नयाँ कारबाही गर्दिन भन्नुको कुनै तुक नभएको पनि बताए ।

त्यस्तै पुरानै जनसंगठन क्रियाशील तुल्याउने सन्दर्भमा पनि ओलीको नियत लुकेको समेत नेता भूषालको भनाई थियो । तर सुरेन्द्र पाण्डे, घनश्याम भूषाल र गोकर्ण विष्टले फरक धारणा राखेको स्रोतको दावी छ ।

उनीहरुले कार्यदललाई व्यूताएर समस्या सुल्झाउदै जानुपर्ने र आन्तरिक संघर्षनै अहिलेको अवस्थामा स्वीकार गरेर जाँदा राम्रो हुने धारणा राखेको स्रोतको दावी छ । उनीहरुले यसअघि पनि मिलेर जाने प्रस्ताव गरेका थिए । ओली पक्षसँग निरन्तर संवादमा रहेका उनीहरुले आजको स्थायी कमिटी बैठकमा फरक धारणा राखेका हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ