arrow

कोरोना महामारी : गण्डकीमा १७ जनाको मृत्यु, ७ सय ९१ संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २४ सोमबार
gandaki-province-corona.jpg

पोखरा । कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा थप १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै कास्कीका ६ जना छन् ।  यसै गरी म्याग्दीमा एक, पर्वतमा दुई जना, बागलुङ, स्याङ्जा, लमजुङ र तनहुँमा एक एक जनाका साथै नवलपरासी पूर्वमा चार जनाको मृत्यु कोरोना संक्रमणबाट भएको हो । 

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट हालसम्म ७७९ जनाको मृत्यु भएको कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

७९१ जना संक्रमित थपिए
गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ७९१ जना कोरोना संक्रमित थपिएका छन् । योसङै गण्डकीमा कूल संक्रमितको सङ्ख्या ४७ हजार २९१ जान् पुगेको छ । 

आज भेटिएका संक्रमितमध्ये सबैभन्दा धेरै गोरखामा १९६ जना भेटिएका छन् । यस्तै कास्कीमा १६५ जना, नवलपरासी पूर्वमा १२५ जना संक्रमित भेटिएको डा. शर्माले जानकारी दिए ।

उनका अनुसार म्याग्दीमा २६, पर्वतमा २९, लमजुङमा ६७, तनहुँमा ७०, बागलुङमा ५८ र स्याङ्जामा ५६ जना संक्रमित भेटिएका हुन् । 
गण्डकीमा पछिल्लो २४ घण्टामा निको हुने संक्रमितको सङ्ख्या १५ सय ३० जना रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ