arrow

गण्डकीमा कोरोना संक्रमित : निको हुनेको सङ्ख्या हालसम्मकै उच्च

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २४ सोमबार
corona-variant.jpg

पोखरा । गण्डकी प्रदेशमा आइतवार एकै दिन १५ सय ३० जना कोरोना संक्रमित निको भएका छन् ।  यो सङ्ख्या हालसम्मकै उच्च हो । पछिल्लो दुई दिनको तुलनामा आज निको हुनेको सङ्ख्या दोब्बर हो ।  शनिवार ५२३ जना संक्रमित निको भएको गण्डकीमा आइतबार ७४४ जना निको भएका थिए । 

गण्डकीमा संक्रमितको सङ्ख्या भन्दा निको हुनेको सङ्ख्या क्रमशः बढ्दै गएको तथ्याङ्कले जनाएको छ । गण्डकीमा हालसम्म ३८ हजार ६६ जना निको भएका छन् । पछिल्लो एक सातामा मात्रै ७८ सय १५ जना संक्रमित निको भएका छन् । 

गण्डकीमा हालसम्म ४७ हजार २९१ जना संक्रमित भएकोमा ८४ सय ६५ जना सक्रिय अवस्थामा छन् । यीमध्ये ७९ सय एक जना होम आइसोलेसनमा रहेको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए । 

यस्तो छ कास्कीको अवस्था
गण्डकी प्रदेशको राजधानी जिल्ला कास्कीमा हाल १४ सय ८८ जना सक्रिय संक्रमित छन् । कास्कीको यो सङ्ख्या प्रदेशका ११ वटा जिल्लामध्ये सबैभन्दा धेरै हो ।  १९ हजार ७८५ जना संक्रमित भएको कास्कीमा १७ हजार ९५५ जना निको भएका छन् । कास्कीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कूल सङ्ख्या ३४२ जना पुगेको छ । 

गोरखामा सबैभन्दा धेरै सक्रिय संक्रमित

गण्डकी प्रदेशको ११ जिल्लामध्ये गोरखामा सबैभन्दा धेरै सक्रिय संक्रमित रहेका छन् । गोरखामा हाल १५ सय ५८ जना सक्रिय संक्रमित छन् । ३९ सय ७५ जना संक्रमित भएको गोरखामा २३ सय ८५ जना निको भएका छन् ।  गोरखामा हालसम्म ३२ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ