arrow

सुपमा त्रिलोचनलाई मत दिलाएर नेपालले दिए ओलीलाई जवाफ

विश्वासको मत दिएर क-कस्ले टेरेनन ओलीलाई

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २५ मंगलबार
kp-madhav-jN-1618248410.jpg

काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको आह्वान गरिरहेका बेला माधवकुमार नेपाल समूहले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएका छन् । 

सुदूरपश्चिम सरकार जोगाउन एमालेका प्रदेशसभा सदस्यहरुले भट्टलाई विश्वासको मत दिएका हुन् । एमालेका सांसदहरुको मतले माओवादीका तर्फबाट प्रदेश मूख्यमन्त्री बनेका भट्टको सरकार जोगिएपछि ओली समूहका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले सामाजिक सञ्जालमा कडा टिप्पणी गर्दै माधव नेपाल पक्षका नेताहरुलाई कांग्रेस माओवादी भएको जनाएका छन् ।

 ‘विधि, पद्दती, अनुशासन, संघीयता, पार्टी एकता, समाजवाद, लोकतन्त्र के के हो के के जोगाउने एमालेको खरानी समुहले आज पनि पार्टी एकताको ठोस आधार निर्माण गरेकोमा हार्दिक बधाई । माकेमा विलय हुने र काँङ्ग्रेस प्रवेश गर्ने उहाँहरुको छलाङकारी यात्रामा आज उपरान्त कसैले अवरोध नगरोस, अग्रिम शुभकामना’, नेता बाँस्कोटाले भनेका छन् । उनले पार्टी एकता भंग हुने संकेत समेत गरेका छन् ।

भट्टलाई विश्वासको मत दिएपछि एमालेले उनीहरुलाई कारबाहीको तयारी गरिएको छ । पार्टीको निर्दैशन र ह्वीप उल्लंघन गरी मूख्यमन्त्री भट्ट सरकारलाई विश्वासको मत दिएकाले उनीहरुलाई कारवाही हुने भएको हो ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव राजेन्द्र सिंह रावलले भट्टलाई विश्वासको मत दिने सांसदलाई कारबाहीको लागि पार्टीमा सिफारिस गरिएको बताए । ‘पार्टीको निर्देशन विपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिनेलाई कारबाही गरिने छ,पार्टीको निर्देशनविपरीत जानेलाई कारबाही हुन्छ, त्यसका लागि केन्द्रमा सिफारिस गराउने तयारी भैरहेको’, रावलले भने । 

मुख्यमन्त्री भट्ट माओवादी केन्द्रका नेता हुन् । एमालेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै सरकारमा रहेका मन्त्रीलाई फिर्ता आउन निर्देशन दिएको थियो ।

तर, केन्द्रको निर्देशनविपरीत एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गर्नुका साथै नेता माधव नेपाल पक्षले भट्टको मन्त्रिपरिषदमा मन्त्री थप गरेको थियो ।

त्यसलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम संसदीय दलका नेता प्रकाश शाहलाई स्पष्टीकरण सोधेका थिए । शाहले स्पष्टीकरणको जवाफ पनि दिएका छन् । तर, पाटीले कारबाही गरेको छैन । मुख्यमन्त्री भट्टले विश्वासको मत लिए लगत्तै माधवकुमार नेपाल समूहका नेता भीम रावलले भट्टलाई बधाई दिइसकेका छन् । 

‘सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मत लिनुपर्ने कुरा जेठ २१ गते उठेपछि जेठ २५ गते नै विश्वासको मत लिने प्रस्ताव गरी सभाको विश्वास प्राप्त गर्नुभएकोमा मुख्यमन्त्री त्रिलोचन भट्टजीलाई हार्दिक बधाई ! विधि, विधान र पद्धति मिच्नेहरूले उहाँबाट राजनीतिक नैतिकताको केही शिक्षा लिने कि ?’, नेता रावलले भनेका छन् । 

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक विवाद मिलाउन दुई दिन अघि पुरानो कमिटी व्यूताउने घोषणा गरेपनि नेपाल पक्षले त्यसलाई धोकाको संज्ञा दिएर सुदुरपश्चिम प्रदेशमा आफू निकटका सांसदलाई मूख्यमन्त्री भट्टको पक्षमा मतदान गर्न निर्देशन दिएको थियो । सोही अनुसार उनीहरुले मतदान गरेका हुन् । तर ओली पक्षले भने उनीहरुले पार्टीलाई विश्वासघात गरेको जनाएका छन् । 

विश्वासको मत दिने एमाले सांसदहरु
१. अमरबहादुर साउद
२. अर्चना गहतराज
३. कुलवीर चौधरी
४. कृष्णराज सुवेदी
५. चुनकुमारी चौधरी
६. तारा लामा तामाङ
७. दीर्घ सोडारी
८. दुर्गाकुमारी कामी
९. पूर्णा जोशी
१०. प्रकाशबहादुर शाह
११. प्रकाश रावल
१२. बलबहादुर सोडारी
१३. मनाकुमारी साउद
१४. माया भट्ट
१५. लालबहादुर खड्का
१६. सुशीला बुढाथोकी
१७. हर्कबहादुर कुँवर



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ