arrow

गण्डकीमा थप १० जनाको मृत्यु, ५ सय १८ संक्रमित थपिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २५ मंगलबार
gandaki-province-corona.jpg

पोखरा । कोरोना भाइरस सङ्क्रमणबाट गण्डकी प्रदेशमा थप १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये सबैभन्दा धेरै कास्कीका तीन जना छन् । 

यस्तै, कोरोना सङ्क्रमणबाट पर्वत र स्याङ्जामा दुई दुई जना, लमजुङ, तनहुँ र नवलपरासी पूर्वका एक एक जनाको मृत्यु भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।  योसहित गण्डकीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको कूल सङ्ख्या ७८९ पुगेको छ ।

यसैबिच गण्डकीमा पछिल्लो २४ घण्टामा ५१८ जना कोरोना संक्रमित थपिएका छन् । जसमा २४९ जना महिला र २६९ पुरुष छन् । आज भेटिएका सङ्क्रमितमध्ये सबैभन्दा धेरै कास्कीमा २३२ जना संक्रमित भेटिएका छन् ।

यस्तै, गोरखामा १०६ जना, म्याग्दीमा १५, पर्वतमा ८७, लमजुङमा १२, तनहुँमा पाँच, बागलुङमा १७, स्याङ्जामा १२ र नवलपरासी पूर्वमा ३१ जना संक्रमित भेटिएको डा. शर्माले बताए ।योसहित गण्डकी प्रदेशमा कुल सङ्क्रमितको सङ्ख्या ४७ हजार ८०९ जना पुगेका छन् ।

गण्डकीमा पछिल्लो २४ घण्टामा एक हजार ७३ जना संक्रमित निको भएका छन् । योसहित गण्डकीमा निको हुने सङ्क्रमितको सङ्ख्या ३९ हजार १२० जना पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ