arrow

ज्येष्ठ नागरिकको खोप अलपत्र पारेको सरकारका स्वास्थ्यमन्त्री भन्छन् – सबै नागरिकलाई खोप उपलब्ध हुन्छ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २६ बुधबार
chandragiri.jpg
तस्वीर–फाइल ।

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले सबै नागरिकका लागि कोरोनाविरुद्धको खोप सुनिश्चित गरिने भएकाले त्यस समयसम्म सुरक्षित रहन आग्रह गरेका छन् । चन्द्रागिरि नगरपालिकामा नगरस्तरीय सामुदायिक भवनमा जडित अक्सिजन प्लान्टको उद्घाटन र अनुगमनपछि मन्त्री तामाङले खोपको सुनिश्चितता नहुन्जेलसम्म सम्पूर्ण नागरिकलाई सुरक्षित रहन आग्रह गरे ।

मन्त्री तामाङले सबैले खोप लगाउने बताए पनि २०७७ साल फागुन २३ देखि चैत २ सम्म भारतमा निर्मित कोभिशिल्ड खोपको पहिलो डोज लगाएका झण्डै साढे १३ लाख ६५ वर्षमाथिका ज्येष्ठ नागरिक भने 
दोस्रो डोज खोप लगाउन वञ्चित भएका छन् । 

अहिलेसम्म खोप कहिले आउने भन्नेसमेत सरकारले बताउन सकेको छैन । सरकारले योजनासमेत बनाउन सकेको छैन । आफूले पैसा तिरेर किनेको खोप ल्याउनसमेत पहिले अलमल गर्दा अहिले त्यो खोप आउने सम्भावना कम हुँदै गएको छ । 

नेपालले उक्त खोप किनेपछि तत्कालै ल्याउन चाहेन । प्रधानमन्त्री केपी शर्मा ओली निकटका व्यवसायीहरुले त्यो खोप रोकेर व्यापार गर्न थप खोप महंगोमा ल्याउने योजना बनाएपछि त्यो किनिसकेको १० लाख डोज खोप नै रोकियो । 

त्यसपछि भारतले आफ्नो देशका सबैले खोप नलगाएसम्म कसैलाई पनि नबेच्ने नियम बनायो । जसका कारण साढे १३ लाख नेपाली ज्येष्ठ नागरिक खोप लगाउनबाट बन्चित भए । 

तत्काल खोप आउने सम्भावना छैन । यसको जिम्मेवारी बहन गर्न नसक्ने सरकारका नयाँ मन्त्रीले फेरि झ्ठो आश्वासन बाँड्न खोजेका छन् । 

बागमती प्रदेशसभा सदस्य रमा आलेले आगामी दिनमा अस्पताललाई आवश्यक उपकरण र भौतिक संरचनाका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । नगरपालिका वडा नं ८ का अध्यक्ष सन्तोष खड्काले अब नगरपालिकावासीले अक्सिजन अभावमा ज्यान गुमाउनुपर्ने अवस्था नआउने जनाए ।

चन्द्रागिरि नगरपालिकाको नगरस्तरीय सामुदायिक अस्पतालमा दैनिक ४० देखि ४८ ठूला अक्सिजन उत्पादन गर्नसक्ने प्लान्ट जडान भएको छ । रु ७४ लाखको लगानीमा निर्माण गरिएको अक्सिजन प्लान्ट मुनडप्स कम्पनीले जडान गरेको हो । 

विना रसायन प्राकृतिक हावाबाट नै अक्सिजन उत्पादन हुने प्लान्ट नयाँ प्रविधिको रहेको कम्पनीको दाबी छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ