arrow

देश र जनता रहे राजनीति पछि गरौंलाः राजीवविक्रम शाह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २६ बुधबार
rajiv-bikram.jpg

काठमाडौं । जाजरकोट जिल्लाबाट राजनीतिमा सक्रिय नेताहरुले काठमाडौंबाट जिल्लास्थित स्वास्थ्य संस्थासहित स्थानीय तहहरुमा स्वास्थ्य सामग्री पठाएका छन् ।

कोरोना महामारीको बढ्दो संक्रमणको अवस्थालाई ध्यान दिंदै जाजरकोटबाट राजनीतिमा सक्रिय नेपाली कांग्रेसका नेता राजीवविक्रम शाहसहितका नेताहरुको विशेष पहलमा ती स्वास्थ्य सामग्री जिल्ला पठाइएको हो ।

नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यान दिंदै अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर, पिपीई सेट, माक्स, अक्सिमिटर लगायतका स्वास्थ्य सामग्री जाजरकोट जिल्ला अस्पताल, नगरपालिका र जिल्लामा रहेका गाउँपालिकाका लागि पठाइएको हो । ती स्वास्थ्य सामग्री जाजरकोट पुगिसकेको छ ।

स्वास्थ्य सामग्री जिल्लासम्म पुर्याउन जाजरकोटबाट राजनीतिमा सक्रिय नेताहरु पूर्वगृहमन्त्री  शक्तिबहादुर बस्नेत तथा पूर्व शान्ति तथा पुणर्निर्माण मन्त्री भैरब सुन्दर श्रेष्ठले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

स्वास्थ्य सामग्री जिल्ला पुगेको जानकारी पाए लगत्तै कांग्रेस नेता शाहले सामाजिक संजाल फेसबुकमा ‘राजनीतिका कुरा पछि गरौंला, पहिला देश र जनता बचाउन लागौं, देश र जनता रहे राजनीति फेरी गरौंला’ लेखेका छन् ।



नयाँ