arrow

संसद विघटनः दुई न्यायाधीशले इजलासमै राय राख्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २६ बुधबार
supreme-court-long.jpg

काठमाडौं । प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाका लागि संवैधानिक इजलासको पेशी तोकिएको छ । सर्वोच्च अदालतले बुधबारका लागि प्रतिनिधि सभा विघटन सम्वन्धी मुद्दाको सुनुवाइका लागि पेशी तोकेको हो । 
 
बुधबारको इजलासमा नै न्यायाधीश दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईले आफ्नो राय राख्ने भएका हुन् । उनीहरुमाथि सरकारी पक्षले इजलासमा बस्न नहुने भन्दै प्रश्न उठाउँदै आइरहेका छन् ।

आइतबार विवादकै बीच मुद्दालाई हेर्दाहेर्दैमा राखिएको थियो भने विवाद समाधान नहुँदा सोमबार र मंगलबार इजलास बस्न सकेन । 

ती दुई न्यायाधीशले बुधबारको इजलासमा आफ्नो राय राखेपछि मुद्दाको सुनुवाइ कसरी अघि बढ्छ भन्ने तय हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ