arrow

दुई न्यायाधीश इजलासमै बस्नेः  प्रधानन्यायाधीशद्वारा बहस शुरु गर्न निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २६ बुधबार
supreme-court-long.jpg

काठमाडौं । प्रतिनिधि सभा विघटनको मुद्दाको सुनुवाइका लागि गठन गरिएको संवैधानिक इजलास यथावत रहने भएको छ ।

पछिल्ले पटक गठित इजलासमा प्रश्न उठेका न्यायाधीशहरु आनन्दमोहन भट्टराई र दीपककुमार कार्कीले इजलासबाट नभाग्ने बताएपछि प्रधान्नयायाधीश चोलेन्द्रशमशेर जबराले बहस शुरु गर्न निर्देशन दिएका छन् ।

प्रधानन्यायाधीश जबराको यो आदेशसँगै संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनसम्वन्धि मुद्दाको सुनुवाइ शुरु भएको हो ।

अहिले कांग्रेस सभापति शेरबहादुर देउवासहितका सांसदको तर्फबाट परेको रिटमा बहस सुरु भएको छ । सो रिटका पक्षमा वरिष्ठ अधिवक्ता महादेव यादवले बहस सुरु गरेका हुन्।

सरकार पक्षले स्वार्थ बाझिने भन्दै यसअघि भट्टराई र कार्कीलाई संवैधानिक इजलासमा नराख्न माग गर्दै आएका थिए । त्यसपछि आइतबारको सुनुवाइमा विवाद हुँदा सुनुवाइ सारिएको थियो ।

अहिले जारी संवैधानिक इजलासमा रिटमाथि बहस गर्न ३० मिनेटको समय दिइएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाले इजलास गठनका सम्बन्धमा अब कुनै पनि कुरा नसुन्ने बताएका छन् ।

यसअघि संवैधानिक इजलास गठनका विषयमा विवाद हुँदा प्रधानन्यायाधीशले न्यायाधीशको वरिष्ठताका आधारमा गत आइतबार इजलास पुनर्गठन गरेका थिए ।

पुनर्गठित इसलासमा प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराई तोकिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ