arrow

राष्ट्रपतिबाटै ओलीबाहेकलाई प्रधानमन्त्री बन्न नदिएको अवस्था होः वरिष्ठ अधिवक्ता यादव

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २६ बुधबार
bidyadevi.jpg.jpeg

काठमाडौं । सर्वोच्च अदालतमा आज(बुधबार)बाट शुरु भएको प्रतिनिधि सभा विघटनसम्वन्धि मुद्दाको सुनुवाइका क्रममा रिट निवेदक पक्षले राष्ट्रपतिले नै केपी ओली बाहेकलाई प्रधानमन्त्री हुन नदिन खोजेको भनेका छन् ।

अहिले शेरबहादुर देउवासहित १४६ सांसद रिट निवेदक रहेको मूल निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता महादेव यादवले बहस शुरु गरेका हुन् ।

बहसका क्रममा उनले अहिले सरकार नै बन्न नसक्ने अवस्था नभएको तर, राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली बाहेकलाई प्रधामन्त्री बनाउनै नखोजेको भनेका हुन् । 

‘राष्ट्रपतिले नै बनाउन नदिएको अवस्था हो, सरकार नै बन्न नसक्ने अवस्था होइन, बहुमत सांसदको हस्ताक्षर लिएर जाँदा पनि राष्टपतिले आवश्यक जाँचबुझ गर्नु भएन’ बहसका क्रममा वरिष्ठ अधिवक्ता यादवले भने । 

‘बहुमत लिएर शेरबहादुर देउवा पुगे तर राष्ट्रपतिले बहुमतको आधार प्रष्ट हुँदाहुँदै पनि केपी ओलीबाहेक कसैलाई प्रधानमन्त्री बन्नै नदिने तयारी गरेको देखियो’ उनले भने



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ