arrow

असार १ गतेदेखि आन्तरिक हवाई उडान खोल्न माग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २६ बुधबार
domestic-airport-tia.jpg

काठमाडौं । वायुसेवा सञ्चालक संघ नेपालले आगामी असार १ गतेदेखि आन्तरिक हवाई उडान खोल्न माग गरेको छ।

संघले बुधवार विज्ञप्ति जारी गर्दै विमान कम्पनी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी उडान गर्न प्रतिबद्ध रहेकाले खोल्नुपर्ने माग गरेको हो। लामो दूरी पनि छोटो समयमै पुग्न सकिने, विश्व स्वास्थ्य संगठन र सरकारले तोकेको मापदण्ड पूर्णपालना हुने भएकोले उडान खोल्नुपर्ने संघले बताएको छ।

वायुसेवा संघले गत वर्षको बन्दाबन्दी जस्तै यो वर्ष पनि निषेधाज्ञा अवधिभर ल्याण्डिङ पार्किङ तथा अन्य शूल्कमा ७५ प्रतिशत छूटको व्यवस्था गर्न पनि माग गरेको छ। अन्तराष्ट्रिय उडानतर्फ हवाई इन्धनको मूल्य कटौतीलाई पनि संघले स्वागत गरेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ