arrow

गण्डकीमा १० जनाको मृत्यु, ६ सय ३३ संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २६ बुधबार
gandaki-province-corona.jpg

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ भने ६६३ जना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालये दिएको जानकारी अनुसार बुधवार मृत्यु हुनेमा सबैभन्दा धेरै नवलपरासी पूर्वका तीन जना छन् । 

यस्तै, म्याग्दी, तनहुँ र कास्कीमा दुई, दुई जना र पर्वतमा एक जनाको मृत्यु कोरोना संक्रमणका कारण भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।  योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७९९ जना पुगेको उनले बताए । 

यसै गरी गण्डकीमा पछिल्लो २४ घण्टामा ३३२ जना महिला र ३३१ जना पुरुष कोरोना संक्रमित भएका छन् । 

बुधवार भेटिएका संक्रमितमध्ये सबैभन्दा धेरै नवलपरासी पूर्वका १५० जना छन् । यस्तै, मुस्ताङमा ११ जना, म्याग्दीमा १७ जना, पर्वतमा ३९ जना, गोरखामा ८६ जना, लमजुङमा ८९ जना, तनहुँमा ६९ जना संक्रमित भेटिएका छन् ।

यसै गरी कास्कीमा ९१ जना, बागलुङमा ६९ जना र स्याङ्जामा ५१ जना संक्रमित भेटिएको डा. शर्माले जानकारी दिए ।

गण्डकीमा पछिल्लो २४ घण्टामा १७ सय ३३ जना कोरोना संक्रमित निको भएका छन् । बुधवार निको भएका संक्रमितको यो सङ्ख्या प्रदेशमा हालसम्मकै सबैभन्दा धेरै हो । योसँगै गण्डकीमा सक्रिय संक्रमितको सङ्ख्या ६८ सय २० जना रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ