arrow

कांग्रेस महाधिवेशन भदौमै : देउवा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २६ बुधबार
deuba-nc-congress.jpg

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशन आगामी भदौमा नै हुने बताएका छन् । बुधबार एक वक्तव्य जारी गर्दै देउवाले पूर्व निर्धारित मितिमा नै १४औं महाधिवेशन हुनेमा कुनै भ्रममा नपर्न आग्रह गरेका हुन् ।

‘विषम परिस्थितिमा पनि हामीले यही भाद्र महिनाभित्रमा पार्टीको चौधौं महाधिवेशन सम्पन्न गर्नु परेको छ, म देशभरिका पार्टीका सम्पूणर् साथीहरुलाई स्पष्टताका साथ भन्न चाहन्छु, २०७८ साल भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ, म यसमा पूणर् प्रतिवद्ध छु ।’ देउवाले वक्तव्यमार्फत भनेका छन् ।

उनले पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर एक महत्वपूणर् राजनीतिक अभियान भएकोसमेत भनेका छन् ।

‘पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर एक महत्वपूणर् राजनीतिक अभियान हो र पार्टीको जिवन्तताका लागि महायज्ञ हो भन्ने कुरा मैंले राम्ररी बुझेको छु ।’ 

उनले पार्टीको महाधिवेशन सम्पन्न गर्ने विषयलाई विवादित बनाउने वा कसैले महाधिवेशन गर्न चाहेको र कसैले नचाहेको देखाउने गरी पटक(पटक आउने गरेका अभिव्यक्ति किमार्थ उचित नभएकोसमेत भनेका छन् । 

‘महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गर्न हुँदैन, बरु पार्टीको महाधिवेशन पार्टीका सबै नेता र सदस्यहरु मिलेर सम्पन्न गर्ने कार्य हो, यसका लागि सबै जिम्मेवार हुनु पर्दछ, हामीसँग अब बढी समय छैन’ वक्तव्यमा भनिएको छ ।

महाधिवेशनका लागि आषाढ र श्रावण दुई महिना बाँकी रहेको भन्दै देउवाले यो दुई महिना भित्रैमा महाधिवेशनका लागि क्रियाशील सदस्यताको व्यवस्थापन, वडादेखि प्रदेश तहसम्मका अधिवेशनहरुको तयारी लगायत महाधिवेशनका सबै पूर्व तयारी गर्नु पर्ने भन्दै सो कार्यका निमित्त निर्वाचन समिति, क्रियाशील सदस्यता छानविन समिति गठन भई काम गरिरहेको भनेका छन् ।

पार्टीको महाधिवेशन सम्पन्न गर्न आवश्यक सबै कार्य समयमा गरिने भन्दै देउवाले पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य, पार्टीको स्थानीय तहका पदाधिकारी तथा सदस्यहरु, देशभरिका पार्टी सदस्यहरु, भ्रातृ एवं शुभेच्छुक संस्थाका सदस्यहरु, विदेश स्थित जनसम्पर्क समितिका साथीहरुलाई नेपाली कांग्रेसको महाधिवेशन सम्पन्न गर्ने बारे कुनै पनि भ्रममा नपरी आआफ्नो स्थानबाट महाधिवेशन समयमा सम्पन्न गर्नका लागि दत्तचित्त भई लाग्न आह्वान गर्दछु ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ