arrow

सभामुख सापकोटाद्वारा सर्वदलीय बैठक आव्हान, प्रधानमन्त्री ओलीलाई लिखित पत्र

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २६ बुधबार
Agni_sapkota.jpg

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका छन् ।

उनले प्रधानमन्त्री ओलीलाई सम्बोधनसहित अन्य शीर्ष नेताहरुलाई पनि पत्र लेख्दै बैठकमा सहभागी हुन निम्ता गरेका हुन् ।

उनले संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरु र पूर्व प्रधानमन्त्रीहरुसँग समसामयिक विषयमा छलफल गर्न लागेकोले २८ गते शुक्रबार संघीय संसद बानेश्वरको लोत्से हलमा सहभागी हुन आग्रह गरेको कुरा पत्रमा उल्लेख गरेका छन् ।

दोस्रो पटक प्रतिनिधिसभा विघटन भएपछि सभामुखले पहिलोपटक सर्वदलीय बैठक बोलाएका हुन् । यसअघि उनले कानुन व्यवसायी, राजनीतिक दलका नेतालगायतसँग परामर्श गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ