arrow

कोरोना महामारीः गण्डकीमा सक्रिय संक्रमितको संख्या घट्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २६ बुधबार
gandaki-province-corona.jpg

पोखरा । गण्डकी प्रदेशमा सक्रिय कोरोना संक्रमितको संख्या ह्वात्तै घटेको छ । गण्डकीमा पछिल्लो चार दिन यता सक्रिय संक्रमितको संख्या ह्वात्तै घटेको हो ।

पछिल्लो चार दिनमा गण्डकीमा २४ सय १ जना सक्रिय संक्रमितको संख्या घटेको हो । गण्डकीमा हाल ६८ सय २० जना सक्रिय संक्रमित छन् ।

यो साताको पहिलो दिन आइतबार गण्डकीमा सक्रिय संक्रमितको संख्या ९२ सय २१ थियो । सोमबार संख्या घटेर ८४ सय ६५ जना रहेकोमा मंगलबार ७९ सयमा आइपुगेको थियो ।

पछिल्लो २४ घण्टामा बुधबार यो संख्या ह्वात्तै घटेर ६८ सय २० जनामा आइपुगेको छ । गण्डकीमा आज हालसम्मकै सबैभन्दा धेरै १७ सय ३३ जना संक्रमित निको भए ।

गण्डकीमा कोरोना संक्रमित हुने दर निकै घटेको र संक्रमित भएकाहरु निको हुनेको संख्या उच्च रहेकाले सक्रिय संक्रमित घटेको तथ्यांकले देखाउँछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ