arrow

सिजी ब्रान्डको डिसवासर नेपाली बजारमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २७ बिहिबार
cg-dishwasher.jpg

काठमाडौँ। नेपालको सबैभन्दा ठुलो र नम्बर एक ब्रान्ड सिजीले हालै नेपाली बजारमा आफ्नो घरायसी सामाग्री डिसवासर ल्याएको छ। नेपाली उपभोक्ताहरूलाई मध्यनजर गरी सहुलियत मूल्यमा आकर्षक र सजिलै चलाउन सकिने डिसवासर ल्याएको कम्पनीले जनाएको छ।

यी डिसवासर हरू बजारमा १२ प्लेस सेटिङ र १५ प्लेस सेटिङमा पाइने छ। आफ्नो आवश्यकता अनुसार यसलाई खरिद गर्न सकिने, डिस्प्ले स्किन तथा टच बटनहरू भएका हुनाले यी डिसवासरहरू प्रयोग गर्न सजिलो हुने कम्पनीको विश्वास छ। यसमा विभिन्न वासिङ प्रोग्रामहरू पनि रहेका छन्। जसलाई  ग्राहकले आफ्नो आवश्यकता अनुसार प्रयोग गरी भाँडाहरूलाई सफा गर्न सकिने छ।

यी दुवै मोडलमा विभिन्न किसिमका विशेषताहरू रहेका छन्। ती विशेषताहरूमा स्टिम वास, अटो डोर टेक्नोलोजी, विएलडिसि टेक्नोलोजी, जेट वास, डिउल प्रो वास र हाफ लोड अप्सन रहेका छन्।

स्टिम वासको सहायताले कट–कटिएका भाँडाहरू, जुन हातले धुँदा कठिनाइ हुन्छ, त्यस्ता भाँडाहरूलाई सजिलै बाफ उत्पन्न गरी हाईजिनिक राखी सफा नतिजा दिन्छ। त्यस्तै अर्को अटो डोर टेक्नोलोजी रहेको छ। यो विशेषताको कारण अब ग्राहकले धुईसकेको भाँडाहरूलाई सुकाई रहने झन्झटबाट मुक्त गर्दछ।

यसले भाँडा धुईसकेपछि अटोमेटिक ढोका खुल्दछ र भित्र रहेका बाफहरूलाई बाहिर निकालेर बाहिरको हावा भित्र प्रवेश गराई पर्फेक्ट ड्राईङ पर्फमेन्स दिनेछ। 

विएलडिसि टेक्नोलोजी वा हाइड्रो पावर पनि यसको विशेषता रहेको छ, जसको मद्दतले घरको पानी, मोटरको इनर्जी र समयको बचत गर्दछ। डिउल प्रो वासको मद्दतले भाँडालाई दुई वटा छुटा छुटै पानीको प्रेसरबाट धुने गर्दछ र भाँडालाई पूर्ण रूपमा सफा गर्दछ।

त्यस्तै अर्को जेट वास विशेषता रहेको छ। यसले कम फोहर भएका भाँडाहरूलाई केवल १४ मिनेटमा नै सफा गर्दछ। हाफ लोड अप्सन टेक्नोलोजीले, यदि  भाँडाहरू थोरै छन् भने डिसवासरमा रहेको तलको बास्केट वा माथिको बास्केट मात्र प्रयोग गरी भाँडा धुन सकिने छ। यसले गर्दा पनि इनर्जी तथा पानी दुबैलाई जोगाउने गर्दछ।

अब डिसवासरको खरिदमा ग्राहकले १५ प्लेस सेटिङमा ३ वर्षको वारेन्टी मोटरमा र १२ प्लेस सेटिङमा  एक वर्षको वारेन्टी पाउने कम्पनीको विज्ञप्तिमा उल्लेख गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ