arrow

गण्डकीमा मुख्यमन्त्री असफल हुने निश्चित, मनाङेले पनि छोडे साथ

 मुख्यमन्त्रीले विश्वासको मत लिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २७ बिहिबार
chifminister-subba-gurung.jpg

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार विश्वासको मत लिदैछन् । गत वैशाख २९ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनी संविधानको धारा १६८ (३) अनुसार ठुलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।  सोही नियुक्तिका आधारमा उपधारा ४ अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार उनले बिहीबार विश्वासको मत लिन लागेका हुन् । 

बिहीबार दिउँसो १२ बजेलाई प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने मात्र कार्यसूची रहेको बताइन्छ । ठुलो दलको हैसियतमा मात्र मुख्यमन्त्री नियुक्त भएका गुरुङले विश्वासको मत पाउने सम्भावना लगभग समाप्त भएको छ ।  मुख्यमन्त्री गुरुङले निकै विश्वास गरेका जनमोर्चाका कृष्ण थापा तटस्थ बस्ने निर्णय गरिसकेका छन् । यस्तै स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले पनि पछिल्लो समयमा उनको साथ छाडेका छन्  । 

दीपक मनाङेले संसद विघटनको विपक्षमा आफू रहेको र जसको सरकार बन्ने अवस्था आउँछ उसैलाई साथ दिने पक्षमा रहेको बताउँदै आएका थिए । उनी मुख्यमन्त्री गुरुङको मन्त्री परिषद्मा युवा तथा खेलकुद मन्त्री छन् । मुख्यमन्त्री गुरुङले विश्वासको मत नपाउने लगभग पक्का भएको भन्दै दीपक मनाङे पनि साथ नदिने बताइएको छ । यस्तै, मुख्यमन्त्री गुरुङलाई एमालेका दुई सांसदले पनि साथ नदिने लगभग पक्का भएको स्रोत बताउँछ । 

कुल ६० जना प्रदेश सभा सदस्य रहेको गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ जना सांसदको समर्थन आवश्यक पर्छ । जसमा एमालेका २७ सांसद छन् भने काँग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, जसपाका दुई र राष्ट्रिय जनमोर्चाका तीन सांसद गरी कुल ३२ सांसद छन् । 

एमालेका २७ सांसदमध्ये दीपक मनाङे र अन्य दुई सांसदले साथ छाड्न लागेपछि मुख्यमन्त्रीको पक्षमा जम्माजम्मी २४ सांसद मात्र रहने पक्का छ । मुख्यमन्त्री गुरुङको विपक्षमा काँग्रेसका १५, माओवादी केन्द्रका १२, जसपाका दुई, जनमोर्चाका दुई (तीनमध्ये कृष्ण थापा तटस्थ), दीपक मनाङे र एमालेका दुई सांसद (श्रोतले जनाए अनुसार) गरी ३४ सांसद पुग्नेछन् ।

अब के हुन्छ ?
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार विश्वासको मन नपाउने निश्चित छ । उनले विश्वासको मत नपाएपछि उपधारा ५ अनुसार प्रदेश प्रमुखद्वारा नयाँ सरकार गठनका लागि आह्वान हुनेछ ।

त्यसपछि ३१ सांसदको हस्ताक्षर पुर्‍याउने प्रदेशसभाका सदस्य मुख्यमन्त्रीमा नियुक्त हुनेछन् । यस्तो अवस्थामा नेपाली काँग्रेस संसदीय दलको नेता कृष्णचन्द्र पोखरेलको पक्षमा बहुमत जुट्ने सम्भावना बढेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ