arrow

श्रीमतीसहित मन्त्री तामाङले खुलाए आफ्नो सम्पत्ति विवरण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २७ बिहिबार
sher-bahadur-tamang.JPG

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शेरबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।  भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० को उपदफा १ अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले पद धारण गरेको मितिले ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्थाबमोजिम उनले मन्त्रालयको वेबसाइटमा आफ्नो र श्रीमती उषाकला राईको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।  राई अहिले प्रदेश नं १ का सामाजिक विकास मन्त्री छन्। 

 यही जेठ २१ गते विस्तार गरिएको मन्त्रिमण्डलमा स्वास्थ्य मन्त्रीमा नियुक्त तामाङले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार तामाङ दम्पतीका १४ ठाउँमा जग्गा छ । उनका नाममा अंशबापत प्राप्त पैतृक जग्गा तीन र श्रीमती राईका ११ ठाउँमा छ । 

श्रीमती राईका नाममा गोकर्णेश्वर नगरपालिका वडा न) ८ मा तीन आना जग्गामा बनेको अढाई तले घर  छ ।  यस्तै मन्त्री तामाङसँग २२ तोला सुन र रु पाँच लाखको शेयर रहेको सम्पत्ति विवरणमा उल्लेख  छ । सुन पुर्ख्यौली र खरिद  गरिएको दुवै थरी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ