arrow

गण्डकीमा १८ जनाको मृत्यु, ५ सय ६६ संक्रमित थपिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २७ बिहिबार
gandaki-province-corona.jpg

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या बिहीबार वृद्धि भएको छ । बुधवार १० जना मात्र मृत्यु भएको गण्डकीमा बिहीबार १८ जनाको मृत्यु भएको छ । योसहित गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८१७ जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

बिहीबार कोरोना संक्रमणबाट मृत्यु हुनेमा सबैभन्दा धेरै कास्कीका सात जना छन् । यस्तै बागलुङ र गोरखाका तीन, तीन जना, नवलपरासी पूर्वमा दुई र म्याग्दी, तनहुँ र स्याङ्जामा एक, एक जना संक्रमितको मृत्यु भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए । 

५६६ जना संक्रमित थपिए 
गण्डकीमा बिहीबार ५६६ जना कोरोना संक्रमित थपिएका छन् । जसमा २७८ जना महिला र २८८ जना पुरुष छन् । बिहीबार भेटिएका संक्रमितमध्ये सबैभन्दा धेरै कास्कीका ११८ जना छन् । 

यस्तै, नवलपरासी पूर्वमा ९५ जना, स्याङ्जामा ४७ जना, बागलुङमा ८१ जना, तनहुँमा ७१ जना, लमजुङमा ५१ जना, गोरखामा ७८ जना, पर्वतमा चार जना र म्याग्दीमा २८ जना संक्रमित भेटिएको प्रवक्ता डा. शर्माले जानकारी दिए । 

उनका अनुसार गण्डकीमा कूल संक्रमितको सङ्ख्या ४९ हजार ३८ जना पुगेको छ । गण्डकीमा पछिल्लो २४ घण्टामा ८०८ जना संक्रमित निको भएको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ