arrow

बुढानिलकण्ठमा विपक्षी बैठकः प्रदेशबाट पनि ओलीलाई धक्का, गठवन्धन दह्रो बनाइने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २७ बिहिबार
deuba-prachanda-nepal-yadav-4-parties.jpg

काठमाडौं । विपक्षमा रहेका दलहरुले केन्द्र सरकारलाई प्रदेश स्तरबाट पनि धक्का दिन बल पुगेको भन्दै गठवन्धन अझै बलियो बनाउने सहमती गरेका छन् ।

बिहीबार साँझ विपक्षमा रहेका दल नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), एमालेको माधवकुमार नेपाल समूह, जसपाको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाको शीर्ष बैठकपछि ती दलका नेताहरु केपी ओली नेतृत्वको केन्द्र सरकारलाई प्रदेश गठवन्धनबाट पनि गतिलो धक्का पुगेको निश्कर्ष निकालेका हुन् ।

उनीहरुले प्रदेश सरकारमा विपक्षी गठवन्धन अझै बलियो बनाउने र सबै प्रदेशबाट ओली निकट सरकारलाई विस्थापित गराएर गठवन्धनको सरकार बनाउने सहमती गरेका हुन् ।

‘प्रदेशबाट पनि ओली बिरुद्धको गठवन्धनले गतिलो सन्देश दिइरहेको छ, यसरी नै सबै प्रदेशमा गठवन्धनबाट धक्का दिने गरी अघि बढ्ने नेताहरुबीचको सहमती छ,’ बैठकपछि बुढानिलकण्ठ स्रोतले भन्यो ।

हाल विपक्षी गठबन्धनको प्रदेश-२, कर्णाली र सुदूरपश्चिममा सरकार छ । अब गण्डकी प्रदेशमा पनि गठवन्धन सरकार बन्ने सम्भावना बढेको छ ।

यसैगरी प्रदेश-१ र बागमतीमा एमालेको एकल बहुमतको सरकार छ । यस्तै लुम्बिनी प्रदेशमा पनि एमालेको ओली समूहको नेतृत्वमा सरकार छ । यी सबै प्रदेशमा अब विपक्षी गठवन्धनले सरकार बनाउन आवश्यक रणनीति बनाउने सहमती नेताहरुबीच भएको छ ।

बुढानिलकण्ठ बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता नेपालससहितका नेताहरु सहभागी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ