arrow

छायाँ संसद बोलाउने सभामुख सापकोटाको प्रयास, शीर्ष नेताहरुसँग छलफल, ओलीको यात्रा अनिश्चित 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २८ शुक्रबार
sanghiya-samsad.png

काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुलाई बैठकमा बोलाएका छन् । शुक्रबार दिउँसो २ बजे संघीय संसद भवन नयाँ बानेशवरमा समसामयिक विषयमा छलफल गर्न सभामुख सापकोटाले बैठक बोलाएका हुन् । 

सभामुखको सचिवालयका अनुसार शीर्ष दलहरुको बैठकमा प्रधानमन्त्री केपी ओलीलाईसमेत बोलाइएको छ । प्रतिनिधि सभा दोस्रोपटक विघटन गरी निर्वाचनको घोषणा गरेका ओलीलाई बैठकमा बोलाए पनि उनी जानेबारे कुनै टुङ्गो भइसकेको छैन । 

उनका सहयात्रीहरु भने ओली बैठकमा नजाने बताउँछन् । उक्त बैठकको औचित्य नभएको भन्दै ओली बैठकमा नजाने बताइएको छ । भएको प्रतिनिधि सभा अवैधानिक भएर भङ्ग गरेसँगै ओलीको चर्को आलोचना भएको छ । 

गत जेठ ७ गते मध्यरातिपछि ओली सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसा विघटन गरी कार्तिक २६ र मंसिर ३ गतेका लागि चुनावको मिति तय गरेपछि सापकोटाले आगामी कदमका बारेमा परामर्श लिन यसअघि पूर्वसभामुखहरु कानून व्यवसायी एवं राजनीतिक दलका नेताहरुसँग छुट्टाछुट्टै छलफल गरेका थिए । 

कानून व्यवसायीहरुले सरकार असंवैधानिक बाटोमा हिँडेकाले सभामुखलाई एक कदम अगाडि बढेर संसद चलाउन आग्रह गरेका थिए । सभामुख सापकोटाले पनि आफूले आवश्यकता परे कदम चाल्ने बताएका थिए । 

यसलाई छायाँ संसदको रुपमा पनि हेरिएको छ । गम्भीर विषयमा छलफल गर्नका लागि प्रतिनिधिसभामा सहभागी दलका शीर्ष नेताहरु एकजुट हुन लागेका हुन् । 

संसद विघटनपछि जनताका विषय उठ्ने थलो बन्द भएको निष्कर्षसहित सभामुख सापकोटाले छायाँ संसद बोलाउन तयारी थालेका हुन् । सभामुख सापकोटाले केपी शर्मा ओलीसहित पूर्व प्रधानमन्त्रीहरुलाई पनि बोलाएका छन् । 

यसअघि सभामुख सापकोटाले संसद विघटनका विषयमा आफ्नो प्रष्ट धारणा सार्वजनिक गरिसकेका छन् । उनले संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै आएका छन् ।

दलहरुसँगको छलफलपछि सभामुखले छायाँ संसद बोलाउने विषयमा निर्णय लिने बताइएको छ । त्यसबीचमा उनले नागरिक समाज तथा पत्रकारहरुसँग पनि छलफल गर्न चाहेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ