arrow

ओली सरकारले काठमाडौंका जनता निराश पार्यो, भेरोसिल खोप दिएन, अभियान रोकियो 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २८ शुक्रबार
verocell-vaccine-china1623314936.jpg

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले काठमाडौंका जनतालाई फेरि निराश पारेको छ । कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसिल लगाउने क्रम चलिरहँदा एक्कासी सरकारले खोप दिन नसक्ने बताएको हो । 

योसँगै काठमाडौं महानगरपालिकाले खोप अभाव भएको जनाई अभियान दुई दिन अगाडि नै रोकेको छ ।

कामपाले यही जेठ २५ देखि ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई भेरो सेल खोप अभियान जेठ २९ गतेसम्म सञ्चालन गर्ने भने पनि सरकारले खोप उपलब्ध गराउन नसकेको कारण देखाउँदै शुक्रबारदेखि खोप कार्यक्रम स्थगन गरिएको जनाएको छ ।

तीन दिनको अवधिमा सो उमेर समूहका करिब २८ हजार नागरिकलाई पहिलो मात्राको खोप दिइएको जनाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले कामपालाई ३२ हजारमात्र खोप उपलब्ध गराएकामा तीन दिनको अवधिमा २८ हजार प्रयोग भइसकेको छ ।

तर सरकारको योजना भने पाँच दिनमा एक लाख डोज खोप लगाउने रहेको थियो । तीन दिनमा २८ हजार डोज खोप लगाएपछि अचानक बन्द गरिँदा भने आक्रोश बढेको छ । 

त्यतिमात्र होइन खोप लगाउने स्थानमा मापदण्ड पूरा गरेर लाइनमा राख्न नसक्दा कतिपय संक्रमण त्यहीँबाटै बढेको अनुमानसमेत गरिएको छ । 

केपी ओलीको सरकारले काठमाडौंवासीलाई पहिलेदेखि नै निराश पार्दै आएको छ । २०७६ सालको चैत ११ गते लकडाउन लगाउँदा पनि काठमाडौंवासीलाई दुःख दियो । सीमामा रोक्नुपर्ने बेलामा त्यसरी नरोकी कोरोनाको संक्रमण नै नभएको काठमाडौंलाई सबैभन्दा बढी ठप्प पार्दा जनजीवन अस्तव्यस्त भएको थियो । 

त्यतिमात्र होइन जतिबेला काठमाडौं छिर्ने नाकामा कडाइ गर्नुपर्ने थियो त्यतिबेला भने खुकुलो बनाइएको थियो । सरकार आफूखुशी विधि, विधान र मापदण्ड मिचेर चलिरहँदा काठमाडौंवासीले दुःख पाउँदै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ