arrow

राज्यमन्त्री रेनुकाको भाग्य चम्किएपछि

logo
चन्द्र धामी,
प्रकाशित २०७८ जेठ २८ शुक्रबार
renuka-gurung-minister.jpg
तस्वीर–फाइल ।

काठमाडौं । संविधानको धारा उल्लेख नै नगरी मन्त्रिपरिषद् विस्तार गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको क्याबिनेटमा चर्चाको पात्र बनेकी छिन् महिला बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री रेणुका गुरुङ । जनता समाजवादी पार्टी जसपाबाट ओलीको क्याबिनेटमा मन्त्री बन्ने उनी एक्लो गैरमधेशी पनि हुन् । 

उपेन्द्र यादवले नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरमबाट काठमाडौंको टोखा नगरपालिकामा उनले उपप्रमुखको उम्मेदवारी दिँदा जम्मा ९९ मत आएको थियो । भाग्य चम्किएपछि कसको के लाग्छ ।

पछि उनलाई संघीय समाजवादी पार्टीले समानुपातिक सांसद बनायो । र, दोस्रो पल्ट प्रतिनिधि सभा  विघटन गरेपछि उनको मन्त्री बन्ने भाग्य खुल्यो । र, बिहीबार राज्यमन्त्रीको पदभार सम्हालिन् । 

टोखा नगरपालिकामा चुनाव लड्दा एमालेकी ज्ञानमाया डंगोलले ८ हजार ९९ सय मत ल्याउँदा उनी  ९ जना उपप्रमुखका उम्मेदवारमध्ये मतको हिसाबले छैटौँ नम्बरमा परेकी थिइन् ।

कुल २८ हजार १ सय ६९ मतदाता रहेकामा २१ हजार ४ सय १० मत सदर भएको थियो । सदर मतको आधारमा उनले ल्याएको मत ०.४ प्रतिशत मात्रै हो ।

खोटाङमा जन्मिएकी उनले बैंशालु उमेर इटहरीमा बिताइन् । उनी नेपाली सेनाका एक पूर्वअधिकृतकी  अर्धाङ्गिनी हुन् । उनी लेफ्टिनेण्ट कर्णेलमा लामो समय रहेर प्रमुख सेनानी (लेखा समूह) बाट दुई वर्षअघि सेवानिवृत्त केदार भुजेलकी श्रीमती हुन् । भुजेलले सिपाहीबाट सेनाको जागिर शुरु गरेका थिए । 

गुरुङ भने पेशाले पूर्व शिक्षिका हुन् । सुनसरीबाट काठमाडौं छिरेपछि उनले सतुंगलमा रहेको जेसी स्कूलमा पढाउन थालिन् । पछि उनी समाजसेवामा सक्रिय हुँदै राजनीतिमा छिरिन् । अहिले पनि उनले दुई वटा गैरसरकारी संस्थाको नेतृत्व गरिरहेकी छिन् ।

संघीय समाजवादी फोरमको सदस्यता लिएको १५ दिनमै स्थानीय तहको निर्वाचन भयो । उनले उपमेयरमा उम्मेदवारी दिइन् । प्रतिस्पर्धामा उनी ९९ मत ल्याएर छैटौं नम्बरमा खुम्चिइन् ।

रमाइलो के भने एमालेको उम्मेदवारसँग चुनाव हारेकी उनी एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमै राज्यमन्त्री बनेकी छन् । सिंहदरबार पुगेपछि उनी अहिले असफलता नै सफलताको पहिलो खुड्किलो रहेछ भनिरहेकी छन् । 

चुल्ठो तान्नेलाई नै महिला राज्यमन्त्री ?  
श्रीमान् अधिकृत भएपछि भुजेल दम्पत्ति केही वर्षअघि काठमाडौंको डल्लुस्थित सैनिक अधिकृत क्वार्टरमा बस्यो । त्यही निवासमा पछि तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीको सैनिक सचिवसमेत बनेका एकतारे जर्नेल खड्ग मल्लको परिवार बस्थ्यो ।

सँगै उठबस हुँदा मल्लकी श्रीमतीले आशंका गर्न थालिन् । र, कराउन थालिन् । एकाध पल्ट हात हालाहाल समेत भएको देख्नेहरुले बताएका छन् ।

एक पल्ट मल्लकी श्रीमतीले के कुरामा शंका गरिन् कुन्नि गुरुङले एकतारे जर्नेल मल्लकी श्रीमतीको चुल्ठो समाएर घुमाइन् । सिनियरको श्रीमती हुँदैमा जे पायो त्यही बोल्न मिल्छ ? भन्दै साफ झपारिन् ।

चुल्ठो समात्नेलाई अहिले प्रधानमन्त्री ओलीले ठिक्क मन्त्रालय मिलाएर दिएको भन्दै केहीले व्यंग्य गरिरहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ