arrow

कृष्ण थापालाई जनमोर्चाले फेरि गर्‍यो बर्खास्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २८ शुक्रबार
krishna-thapa-janamorcha.jpg

पोखरा । गण्डकी प्रदेशका सांसद कृष्ण थापा फेरि बर्खास्त भएका छन् । थापालाई सांसद पदबाट बर्खास्त गरिएको पत्र गण्डकी प्रदेको संसद सचिवालयमा दर्ता भएको छ ।

पार्टीको निर्देशन उल्लङ्घन गरेको भन्दै राष्ट्रिय जनमोर्चाले सांसद थापालाई बर्खास्त गरेको जनाएको छ । 

सांसद थापाले बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने क्रममा तटस्थमा मत दिएका थिए । तर पार्टीले सांसदलाई विपक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो । 

थापालाई पार्टीले सांसद पद र पार्टीको साधारण सदस्यतासमेत नरहने गरी  कारबाही गरेको थियो । त्यसपछि उनी सर्वोच्च अदालत पुगेका थिए ।
 
सर्वोच्चले ह्विप उलङ्घन गरिएको नदेखिएको भन्दै थापालाई संसद पद थमौती गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ