arrow

मुख्यमन्त्री र मन्त्रीहरु सहभागी नभएपछि गण्डकी प्रदेशसभा बैठक स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २८ शुक्रबार
gandaki-pradesh.JPG

पोखरा । गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरु सहभागी नभएको भन्दै बैठक स्थगित गरिएको बताइन्छ । अर्को बैठक आगामी आइतबार १ बजे बस्ने गरि स्थगित भएको छहो ।

शुक्रवारको संसद बैठकमा सभामुख नेत्रनाथ अधिकारीले सांसद कृष्ण थापा पद मुक्त भएको र मुख्यमन्त्री विश्वास मत प्राप्त नगरेको सूचना वाचन गरि संसद स्थगन गरेका हुन् ।

बैठकमा मन्त्रीहरुको सहभागिता नभएको भन्दै सत्तपक्षले नै सदन नचलाउन आग्रह गरेको र सोही बमोजिम सभामुख अधिकारीले स्थगन गर्ने निर्णय गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ