arrow

नारायण वाग्ले, सञ्जिव उप्रेती, खगेन्द्र संग्रौलालगायत २० नागरिक अगुवा वालुवाटारबाट पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २८ शुक्रबार
nagari-andolan.jpg

काठमाडौं । सरकारको विरोधमा उत्रिएका नागरिक अगुवाहरु नारायण वाग्ले, सञ्जिव उप्रेती, खगेन्द्र संग्रौलालगायत २० प्रदर्शनकारी काठमाडौंको वालुवाटारबाट पक्राउ परेका छन् ।

सरकारको असंवैधानिक कदम, स्वास्थ्य क्षेत्रमा गरिएको माफियाकरणलगायत विषयको विरोध गर्दै ब्यानर र प्लेकार्डसहित वालुवाटार पुगेका उनीहरुलाई प्रहरीले धरपकड गरेको हो ।

वृहत नागरिक आन्दोलनको ब्यानरमा भाटभटेनी पुग्दा नपुग्दै प्रक्राउ गरिएको हो । पक्राउ गरिएकाहरुलाई नेपाल प्रहरीको कमलपोखरी बृत्तमा लगिएको बृहत नागरिक आन्दोलन अभियानले विज्ञप्तिमार्फत जनाएको छ ।

पक्राउ पर्नेमा युग पाठक, घिमिरे युवराज, अर्चना थापा, सरिता परियार, रिता परियार, भाष्कर गौतम, शशीविक्रम कार्की, भाष्कर गौतम, सौरभ कार्की, सौरभ न्यौपाने लगायत छन् ।

चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको लगायतका विषयमा उनीहरूले उठाएका थिए । सर्वोच्चको आदेशविपरीत सरकारले मेडिकल कलेजलाई सम्बन्धन दिने तयारी गरेकामा पनि उनीहरुको आपत्ति थियो । स्वास्थ्य सेवा हो, व्यापार होइन, जनस्वास्थ्यमा प्रतिगमन भयो जस्ता प्लेकार्ड प्रदर्शन गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ