arrow

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण दर ३२ प्रतिशत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २८ शुक्रबार
gandaki-province-corona.jpg

काठमाडौँ । पछिल्लो चार साताको तथ्याङ्क हेर्दा गण्डकी प्रदेशमा ३९ प्रतिशत पुगेको कोरोना भाइरसको संक्रमणदर घटेर ३२ प्रतिशतमा पुगेको छ ।

चार साता अघि अर्थात् वैशाख ३१ देखि जेठ ६ गतेसम्मको साता दिनको तथ्याङ्क हेर्दा गण्डकीमा संक्रमणदर ३९.२२ प्रतिशत रहेको थियो । 

यो अवधिमा ७ हजार ७ सय १९ जनाको नमुना परीक्षण गरिदा ३ हजार २८ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

त्यसपछिको हप्ता अर्थात् जेठ ७ देखि जेठ १३ सम्म सात दिनको तथ्याङ्क हेर्दा सङ्क्रमण दर ३८.६३ प्रतिशत पुगेको देखिन्छ ।

यो अवधिमा ८ हजार १ सय ५८ जनाको नमुना परीक्षण गरिदा ३ हजार १ सय ५२ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

त्यसपछि गत साता अर्थात् जेठ १४ गतेदेखि जेठ २० गतेसम्मको तथ्याङ्क हेर्दा सङ्क्रमण दर २९.३८ प्रतिशतमा पुगेको देखिन्छ । यो ७ दिनको अवधिमा १० हजार ९ सय १३ जनाको नमुना परीक्षण गरिएको थियो । तीमध्ये ३ हजार २ सय ७ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

तर, यो हप्ता अर्थात् जेठ २१ देखि जेठ २७ गतेमा भने गत साताको भन्दा बढी सङ्क्रमण दर अर्थात् ३२.१५ प्रतिशत पुगेको छ । यो अवधिमा ६ हजार ३ सय ५० जनाको सङ्क्रमण नमुना परीक्षण गरिदा २ हजार ४२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

 यद्यपि यो चार साताको तथ्याङ्क हेर्दा सङ्क्रमण दर केही घटेको देखिन्छ ।

चार साताको तथ्याङ्क हेर्दा सङ्क्रमण दर ३९।२२ प्रतिशतबाट घटेर ३२।१५ प्रतिशत पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ