arrow

सभामुखले बोलाएको सर्वदलीय बैठकमा पाँच पूर्व प्रधानमन्त्री सहभागी : प्रधानमन्त्री ओली गएनन्

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २८ शुक्रबार
deuba-prachanda-nepal-bhattrai-khanal- five-priminister.jpg

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाको बोलाएको सर्वदलीय बैठकमा पाँच जना पूर्व प्रधानमन्त्री सहभागी भएका छन् । तर, बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी भएका छैनन् । 

संसद भवन नयाँ बानेश्वरमा जारी सर्वदलीय बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल तथा जसपा डा बाबुराम भट्टराई सहभागी छन् । उनीहरू सबै पूर्व प्रधानमन्त्रीसमेत हुन् । 

यसै गरी जसपा अध्यक्ष उपेन्द्र यादव, नेमकिपा नेता प्रेम सुवाल र राप्रपाबाट दीपक बेहोरा पनि बैठकमा सहभागी भएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैठकका लागि बुधवार नै निमन्त्रणा पठाइएको भए पनि उनी सहभागी नभएको सभामुखको सचिवालयले जनाएको छ । 
यस्तै पूर्व प्रधानमन्त्री खनालले भने भर्चुअल माध्यमबाट बैठकमा सहभागिता जनाएका छन् ।बैठकमा प्रतिनिधि सभा विघटनपछिको अवस्था र समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल जारी छ । 

सभामुखले यसअघि पूर्व सभामुख तथा संविधानविद्सहित कानुनविद्हरूसँग समेत प्रतिनिधि सभा विघटनका विषयमा छलफल गर्दै राय लिएका थिए । 
सभामुख सापकोटाले यसअघि सबैको परामर्शमा आफूले संविधानले दिएको अधिकार प्रयोग गरी आवश्यक निर्णय लिने बताइसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ