arrow

गण्डकीमा नयाँ सरकार गठन आह्वान : शनिवार ३ बजेसम्म समय

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २८ शुक्रबार
gandaki-province-pradesh.jpg

काठमाडौँ । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ ।  गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनका लागी आह्वान गरेकी हुन् ।  नयाँ सरकार दाबी गर्न शनिवार तीन बजेसम्मको समय दलहरूलाई उपलब्ध गराइएको छ ।  

मुख्यमन्त्रीले पृथ्वीसुब्बा गुरुङले बिहीबार गण्डकी प्रदेश सभामा विश्वासिलो मत नपाउँदा सो प्रदेशमा सरकार ढलेको छ ।  नयाँ सरकार गठन नहुँदासम्म मौजुदा मन्त्रीपरिषद्लाई नै काम गर्ने अधिकारसमेत दिइएको छ । 

गण्डकीमा नयाँ सरकारको दाबी गर्ने विपक्षी गठबन्धनको तयारी छ । उनीहरूले आज नै आवश्यक ३१ सांसद सशरीर उपस्थित भई सरकारमा आफ्नो बहुमत रहेको दाबी गर्ने तयारी गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ