arrow

गण्डकीमा ३१ सांसदले सशरीर बुझाए हस्ताक्षर, काँग्रेसका कृष्णचन्द्र नेपाली मुख्यमन्त्री प्रस्तावित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २८ शुक्रबार
gandaki-pradesh.jpg

पोखरा । गण्डकी प्रदेशमा सत्ताको रस्साकस्सी  तीव्र रूपमा चलिरहेको छ । गण्डकीमा चार महिनादेखि बिग्रिएको सत्ताको रस्साकस्सी अझै साम्य हुन सकेको छैन ।  यही रस्साकस्सीका बिचमा पृथ्वीसुब्बा गुरुङ दोहोरिएर मुख्यमन्त्री बने । उनी मुख्यमन्त्री बनेर बिहीबार विश्वासको मत लिन विफल भए र मुख्यमन्त्रीबाट पदमुक्त भए । 

गुरुङ पदमुक्त भएपछि प्रदेश प्रमुख सीता कुमारी पौडेलले २४ घण्टाको समय दिएर नयाँ सरकारका लागि आह्वान गरेकी छन् । यो समय शनिवार दिउसो ३ बजेसम्मका लागि रहेको छ । प्रदेश प्रमुखले संविधानको धारा १६८ (५) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् ।

योबिचमा कामचलाउ सरकारका मुख्यमन्त्री गुरुङले के गर्छन् त्यो हेर्न बाँकी छ । यता, विपक्षी गठबन्धनले बहुमत सदस्यको हस्ताक्षर प्रदेश प्रमुख पौडेललाई बुझाएका छन् । उनीहरूले ३१ सांसदको हस्ताक्षर बुझाएको दाबी गरेका छन् । गठबन्धनले भावी मुख्यमन्त्रीका लागि काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई प्रस्ताव गरेका छन् ।

विपक्षी गठबन्धनमा नेपाली काँग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका दुई, जनता समाजवादी पार्टीका दुई र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) रहेका छन् । विपक्षी गठबन्धनमा रहेको दीपक मनाङेसहित ३१ जना सांसद नै प्रदेश प्रमुखको कार्यालयमा पुगेर हस्ताक्षर बुझाएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ