arrow

गण्डकीमा ६ जनाको मृत्यु, ३ सय ७६ संक्रमित थपिए 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २८ शुक्रबार
gandaki-province-corona.jpg

पोखरा । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । यो सङ्ख्या जेठ महिनाकै सबैभन्दा कम हो । शुक्रवार मृत्यु हुनेमध्ये कास्कीका चार जना, गोरखा र नवलपरासी पूर्वका एक, एक जना छन् ।

योसहित गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८२३ जना पुगेको छ । गण्डकीमा शुक्रवार ३४७ जना संक्रमित निको भएका छन् ।

यसैबिच गण्डकीमा पछिल्लो २४ घण्टामा ३७६ जना संक्रमित थपिएका छन् । जसमा १७६ जना महिला र २०० जना पुरुष रहेको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए । 

शुक्रवार भेटिएका सङ्क्रमितमध्ये सबैभन्दा धेरै कास्कीमा १११ जना छन् । यस्तै, मुस्ताङमा एक जना, म्याग्दीमा ३१ जना, पर्वतमा ४४ जना, गोरखामा २७ जना, लमजुङमा ३२ जना, तनहुँमा ३७ जना, बागलुङमा ११, स्याङ्जामा पाँच र नवलपरासी पूर्वमा ७७ जना संक्रमित भेटिएका हुन् ।

योसँगै गण्डकीमा कूल सङ्क्रमितको सङ्ख्या ४९ हजार ४१४ जना पुगेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ