arrow

ओली भाइरस पोखरामा पनि सल्कियो, सशक्त प्रतिवाद गरौं : डा.भट्टराई

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २९ शनिबार
baburam2.jpg

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले ओली भाइरस पोखरामा पनि सल्किएको प्रतिक्रिया दिएका छन् ।

जेष्ठ २७ मा बिश्वासको मत गुमाएपछि फेरी गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङले दाबी गरेपछि शनिबार सामाजिक संजालमार्फत डा.भट्टराईको प्रतिक्रिया आएको हो ।

‘ओली भाइरस पोखरामा पनि सल्केको देखियो है। यो महामारीले देशको संविधान र लोकतन्त्रलाई सिध्याउने भयो। अब कोही पनि ओली भाइरसबारे कुनै भ्रममा नपरौं। सबैले सबैतिरबाट सशक्त प्रतिवाद गरौं ।ओली भाइरसलाई सदाको निम्ति अन्त्य गरौं ! संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौं।’

गन्डकीमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तै तीन दलको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा गुरुङले दावी गरेपछि डा.भट्टराईले महामारीले देशको संविधान र लोकतन्त्रलाई सिध्याउने लागेको भन्दै त्यसको प्रतिवादमा एकजुट हुन अपिल गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ