arrow

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्णचन्द्र नेपाली नियुक्त

logo
हरि पन्त
प्रकाशित २०७८ जेठ २९ शनिबार
krishna-chandra-gandaki.jpg

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त भएका छन् । संविधानको धारा १६८ को उपधारा (५) बमोजिम उनी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

उनलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

गत बिहीबार पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्रीबाट पदमुक्त भएपछि शुक्रबार संविधानको धारा १६८ को उपधारा (५) बमोजिम प्रक्रिया अघि बढाएकी थिइन् ।

सोही बमोजिम विपक्षी गठवन्धनले शुक्रबार साँझ नै प्रदेश प्रमुख समक्ष ३१ जनाको हस्ताक्षर बुझाएका थिए । हस्ताक्षर बुझाउन ३१ जना सांसद नै प्रदेश प्रमुखको निवासमा पुगेका थिए । नवनियुक्त मुख्यमन्त्री नेपालीले अबको एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ ।

मुख्यमन्त्री नेपालीलाई नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११, जसपाका दुई, राष्ट्रिय जनमोर्चाका दुई र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) को समर्थन छ । 

को हुन् मुख्यमन्त्री नेपाली ?

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल २०७४ सालको निर्वाचनमा नवलपरासी ९बर्दघाट सुस्तापूर्व० जिल्लाको क्षेत्र नम्बर १ ‘क’ बाट प्रत्यक्ष निर्वाचित भएका हुन् । तनहुँको कांग्रेस राजनीतिमा सक्रिय गोवर्द्धन शर्माका माहिलो छोरा पोखरेल झण्डै तीन दशक नवलपरासीको राजनीतिमा सक्रिय रहे ।

कांग्रेसको १२औं महाधिवेशनबाट केन्द्रीय समिति सदस्य बनेका पोखरेलले १९ वर्ष नवलपरासी कांग्रेसको नेतृत्व सम्हालेका थिए । तनहुँको तनहुँसुरबाट बसाइँसराइ गरी नवलपरासी आएका पोखरेल कांग्रेसको १२औं महाधिवेशनबाट केन्द्रीय समिति सदस्य समेत बने ।

वि।सं २०२९ देखि २०३६ सम्म अध्यापन पेशा अंगालेका उनले प्रजातान्त्रिक आन्दोलनका निम्ति २०३७ र २०४६ सालमा जेल जीवन समेत ब्यतित गरेका थिए । २०४८ को संसदीय निर्वाचन र २०७० सालको संविधानसभा निर्वाचनमा उम्मेवारसमेत बनेका उनी दुवै निर्वाचनमा पराजित भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ