arrow

रुसमा कोरोना भाइरसका सङ्क्रमित बढ्न थाले

logo
सिन्ह्वा,
प्रकाशित २०७८ जेठ २९ शनिबार
corona-russia1.jpg
फाइल तस्बिर

मस्को। रुसमा पछिल्ला केही दिनयता कोरोना भाइरसका संङ्क्रमित हरु बढ्न थालेका बताइएको छ। रुसमा शनिवार मात्रै १३ हजारभन्दा बढी कोरोना सङ्क्रमित फेला परेका छन्। रुसमा गएको २४ घण्टामा यति धेरै सङ्क्रमित भेटिएका हुन्।

यससँगै रुसमा सङ्क्रमितको सङ्ख्या करिब ५२ लाख पुगेका बताइएको छ। रुसका अधिकारीहरूले चार महिनापछि यति धेरै सङ्क्रमित एकै दिन भेटिएका जनाएका छन्। रुसका स्वास्थ्य सम्बन्धी अधिकारीहरूले यही जुन २ तारिखदेखि रुसमा कोरोना भाइरसका सङ्क्रमितहरू थपिँदै गएका बताएका छन्।

ती अधिकारीहरूले शनिवार मात्र यहाँ १३ हजार ५१० जना सङ्क्रमित थपिएका र ती सङ्क्रमितहरू गएको फेब्रुअरी महिनाको २ तारिखपछि अहिले सम्मकै सबैभन्दा धेरै भएको पनि बताइएको छ। यहाँ गर्मीयामको शुरुवातामा मानिसहरू ठुलो सङ्ख्यमा जम्मा हुन थालेका र त्यसका कारण पछिल्लो समयमा कोरोनाका सङ्क्रमितहरू पनि बढ्न थालेका पाइएको अधिकारीहरूले जनाएका छन्।

यहाँ कोरोना भाइरसका कारण १ लाख २६ हजार जना भन्दा बढीले ज्यान गुमाएका छन्। पछिल्लो २४ घण्टामा मात्र यहाँका कम्तीमा ३९९ जनाको ज्यान गएको पनि बताइएको छ। यहाँका अधिकारीहरूले रुसमा दोस्रो लहरको सङ्क्रमण तीव्र रूपमा फैलिएको पनि बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ