arrow

गण्डकीका मुख्यमन्त्री पोखरेलले लिए शपथ

logo
हरि पन्त,
प्रकाशित २०७८ जेठ २९ शनिबार
gandaki-congress-chief-minister-oath.jpg

पोखरा। गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शपथ लिएका छन्। उनलाई प्रदेश प्रमुख सीता पौडेलले शपथ खुवाएकी हुन्।
प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ उपधारा ५ बमोजिम नेपालीलाई मुख्यमन्त्रीमा आजै नियुक्त गरेकी थिइन्। मुख्यमन्त्री पोखरेलले एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ।

४ जना मन्त्री नियुक्त
नवनियुक्त मुख्यमन्त्री पोखरेलले पाँच जनालाई मन्त्रीमा नियुक्त गरेका छन्। काङ्ग्रेसबाट कुमार खड्का, नेकपा माओवादी केन्द्रबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ मन्त्री नियुक्त भएका छन्। उनीहरूले पाउने मन्त्रालय भने तोकिएको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ