arrow

काठमाडौं उपत्यकाभित्र जारी निषेधाज्ञा एक साता थपिने, केही खुकुलो बनाइने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ३० आइतबार
lockdown-ktm-1619695250.jpg

काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकाभित्र जारी निषेधाज्ञा केही खुकुलो गरी थप गर्ने तयारी गरिएको छ ।

उपत्यकाका तीन वटै जिल्लका प्रमुख जिल्ला अधिकारीको आइतबार दिउँसो बस्न लागेको बैठकमार्फत निषेधाज्ञालाई केही खुकुलो बनाएर जारी राख्ने तयारी गरेका हुन् ।

काठमाडौं उपत्यकाभित्र संक्रमणदर घटे पनि संक्रमणको जोखिम उच्च रहेकाले आइतबार दिउँसो बस्ने बैठकले एक साता निषेधाज्ञा थप गर्ने तयारी गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार यस पटक थप गरिएको निषेधाज्ञा भने केही क्षेत्रमा खुकुलो हुनेछ।

निर्माण सामाग्री, कृषिजन्य, खाद्यान्न, फलफूल, तरकारी मासुजन्य वस्तुका पसलहरुलाई खोल्न दिने गरी छलफल भइरहेको उनले जानकारी दिए । सार्वजनिक सवारी साधन भने हाललाई निषेध नै गरिने उनको भनाइ छ ।

बैङ्क तथा वित्तीय संस्था, सरकारी कार्यालय  लगायत अन्य क्षेत्रमा काम गर्ने कर्मचारीको निजी सवारी साधनको आवतजावतमा समेत सहजीकरण हुने गरी निर्णय गर्ने तयारी भइसकेको छ।  उपत्यकाभित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी थियो । अहिले देशका ७५ वटा जिल्लामा निषेधाज्ञा जारी छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ