arrow

दिपक मनाङ्गेलाई पूर्वप्रधानमन्त्री डा.भट्टराईको सहानुभूतिः मनाङ्गे वाल्मिकी बन्न सक्छन्

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ३० आइतबार
Deepak-Manange.jpeg

काठमाडौं । गण्डकी प्रदेश सरकारमा ठूलै हलचल ल्याएका राजीब गुरुङ(दिपक मनाङ्गे)ले पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईको सहानुभूति पाएका छन् ।

मनाङबाट चुनाव जितेर प्रदेश सांसद बनेका मनाङ्गे शनिबार पुनः मन्त्रीको शपथ पनि खाएका छन् । मनाङ्गेको सक्रियता र निर्णायक जस्तै भूमिका देखेर डा.भट्टराईले सहानुभूति दर्शाउँदै वाल्मिकी बन्न सक्ने बताएका हुन् ।

रत्नाकार वाल्मिकी बनेको प्रसंगलाई अघि सार्दै डा. भट्टराईले गुरुङलाई कुनै पूर्वाग्रह विना नयाँ जीवन र नयाँ भुमिका दिनुपर्ने बताएका हुन् ।

गुरुङले सामाजिक संजालमा डा. भट्टराइ र आफ्नो फोटो राख्दै डाक्टर बाबुराम भट्टराई दाइसँग भेटघाटको साथर्कताः भनेर लेखेपछि जन मानसमा नयाँ तरङ्ग पैदा भएको थियो ।

यसैलाई जोडेर विभिन्न सञ्चारमाध्यममा भट्टराई र गुरुङबीचको सम्बन्धबारे समाचारहरु आएपछि भट्टराईले मनाङ्गेप्रति सदभाव राख्दै स्टाटस राखेका थिए । डा.भट्टराइले कोही मानिस जन्मजात अपराधी नहुने भन्दै मान्छे र समाजले उसलाई अपराधी बनाउने बताएका छन् ।

डा.भट्टराईले लेखेका छन्, ‘मेरो सुविचारित र अनुभवजन्य मान्यता छस् कुनै पनि मान्छे जन्मजात अपराधी हुन्न। समाज/राज्यले मान्छेलाई अपराधी बनाउॅछ। साथै वर्गीय/जातिय/लैंगिक विभेद भएको समाजमा राज्य/समाजको वर्चस्वशाली तप्काले उत्पीडित/बहिष्कृत तप्कालाई सहजै ‘अपराधी’ बनाइदिन सक्छ। अत: अपराध/अपराधी एक सापेक्ष अबधारणा हो ।’

२०५९/६० सालतिर दोस्रो वार्ताकालको समयमा देशका धेरै जेलहरुको भ्रमण पश्चात जेलमा बस्नुपर्ने मानिस सत्ताको कुर्सीमा बसेको र कुर्सीमा बस्नुपर्नेहरु जेलमा बसेको पाएको भट्टराईको भनाइ छ ।

आफू प्रधानमन्त्री हुँदा जेल सुधारका निम्ति तत्कालीन सांसद देवी खट्काको संयोजकत्वमा एउटा उच्चस्तरीय आयोग बनाएको भएतापनि जसको प्रतिवेदन अझै कार्यान्वयन हुन नसकेको उनले बताएका छन् । तर शनिबार विनाविभागीय मन्त्रीको सपथ खानुअघि मनाङेले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यसँग जोडेर छुद्र टिप्पणी गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ