- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गण्डकी प्रदेशमा केपी शर्मा ओलीको प्रतिगमनको मतियार सरकारलाई हटाउन सफल भएको प्रतिक्रिया दिएका छन् ।
आइतबार एक विज्ञप्तिमा जारी गर्दै केसीले प्रतिगमनको मतियार सरकारलाई हटाउन विपक्षी गठबन्धन सफल भएको टिप्पणी गरेका हुन् । संसद भंग गरी मध्यावधि चुनाव गराउने षडयन्त्रलाई पनि गठबन्धनले विफल बनाएको केसीको भनाइ छ ।
विज्ञप्तीमा भनिएको छ, ‘जसरी केपी ओलीले झुटो र गलत दाबी प्रस्तुत गरी संसद भंग गरी मध्यावधि चुनाव गराउनका लागि षडयन्त्र गरेका थिए, ठीक त्यसै प्रकारले गण्डकीमा पनि त्यस प्रकारको षडयन्त्र यहाँको सरकारले पनि गरेको थियो । त्यो षडयन्त्रलाई प्रतिगमनविरोधी सम्पूर्ण राजनीतिक दल, प्रेस जगतले असफल पारेका छन् ।’