arrow

मन्त्री खड्कालाई गण्डकी प्रवक्ताको जिम्मेवारी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ३० आइतबार
gandaki-province-pradesh.jpg

पोखरा । गण्डकी प्रदेश सरकारले मन्त्री कुमार खड्कालाई सरकारको प्रवक्ता तोकेको छ ।  आइतबार बसेको पहिलो मन्त्रिपरिषद् बैठकले मन्त्री खड्कालाई प्रवक्ता तोकेको हो । 

नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य रहेका प्रवक्ता खड्का पूर्व महिला, बालबालिका तथा समाज कल्याण मन्त्री हुन् ।

पोखरा महानगरपालिका वडा नं १६ निवासी मन्त्री खड्काले यस अघि पनि सरकारमा मन्त्री भएर भूमिका निर्वाह गरेका कारण उनको अनुभवले गण्डकी प्रदेश सरकार सञ्चालनमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ ।

बैठकमा सरकारको आगामी नीति तथा कार्यक्रमलगायत विषयमा छलफल भएको छ । बैठकले पूर्व मुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ