arrow

कोरोना महामारीः गण्डकीमा संक्रमितको संख्या ५० हजार नाघ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ३० आइतबार
gandaki-province-corona.jpg

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ३४७ जना संक्रमित थपिएसंगै गण्डकीमा ५० हजार नाघेको हो ।

गण्डकीमा कूल संक्रमितको संख्या ५० हजार ३०४ जना पुगेको छ । यीमध्ये सबैभन्दा धेरै कास्कीका २० हजार ५९४, नवलपरासी पूर्वमा ६१ सय २६, बागलुङमा ४३ सय ९७, गोरखामा ४३ सय ५४ र तनहूँमा ३८ सय ५४ जना पुगेका छन् । 

यस्तै, स्याङ्जामा ३८ सय ५४, लमजुङमा २५ सय ३, म्याग्दीमा २१ सय २८, पर्वतमा २१ सय ६३, मुस्ताङमा १८९ र सबैभन्दा थोरै मनाङमा १०२ जना संक्रमित छन् ।

गण्डकीमा आइतबार थपिएकामध्ये सबैभन्दा धेरै कास्कीका १५२ जना छन् । यस्तै म्याग्दीमा २१ जना, पर्वतमा तीन जना, गोरखामा २४, लमजुङमा १४ जना संक्रमित थपिएका छन् ।

यसैगरी तनहूँमा ४७ जना, स्याङ्जामा ४५ र नवलपरासी पूर्वमा ४१ जना कोरोना संक्रमित थपिएको डा. शर्माले बताए ।

सात जनाको मृत्यु

संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ । आज मृत्यु हुनेमा तनहूँका दुई, मुस्ताङ, बागलुङ, कास्की, स्याङ्जा र नवलपरासी पूर्वका एक, एक जनाको मृत्यु भएको छ ।

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८३८ जना पुगेको छ । गण्डकीमा आइतबार ४७३ जना कोरोना संक्रमित निको भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा.विनोद विन्दु शर्माले जानकारी दिए ।

गण्डकीमा निको हुने संक्रमितको कूल संख्या ४३ हजार ८६१८ जना रहेका छन् । गण्डकीमा हाल ५८ सय ४७ जना सक्रिय संक्रमित छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ