arrow

किन घटिरहेको छ कोरोना परीक्षण, के भन्छ स्वास्थ्य मन्त्रालय ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ३१ सोमबार
health_ministry_1617956882.JPG

काठमाडौं । पछिल्ला दुई साता यता कोरोना भाइरसको संक्रमण परीक्षण कम हुँदै गएको छ । उसो त परीक्षण गरिएका नमुनाको तुलनामा संक्रमण पुष्टि हुने दर पनि कम हुँदै गएको छ । 

यद्यपि, समुदायमा संक्रमण फैलिसकेका कारण जति धेरे परीक्षण हुनुपर्ने हो त्यति हुन नसक्दा कयौं संक्रमितहरु पहिचानमा आउन नसकिरहेको देखिन्छ ।

हिजो ७ हजार ५ सय १७ नमुना पीसीसीआर र ४ हजार ८ सय ८९ नमुना एन्टीजेन गरी कुल १२ हजार ४ सय ६ नमुनाको परीक्षण भएको थियो । यीमध्ये २ हजार ४ सय ७ जनामा संक्रमण पुष्टि भएको छ । परीक्षण र संक्रमितको अनुपात हेर्दा १९.४० प्रतिशत संक्रमण दर देखिएको छ ।

यसअघि अस्ति (शुक्रबार) २३.३४ प्रतिशत संक्रमण दर देखिएको थियो । शुक्रबार कुल १४ हजार ४ सय ९४ नमुना परीक्षण गरिएको थियो । जसमध्ये ३ हजार ३ सय ८४ जनामा संक्रमण पुष्टि भएको थियो ।

यसबाट नमुना परीक्षण संख्या बढ्दा संक्रमितको संख्या पनि बढ्दो र संक्रमण दर पनि बढ्दो देखिन्छ । यसरी हेर्दा पर्याप्त नमुना परीक्षण हुन नसकेको स्पष्ट देखिन्छ ।

यसबिषयमा किन परीक्षण घटि रहेको छ भनेर हाम्रो कुराले स्वास्थ्य मन्त्रालयलाई सोधेको छ । यसको जवाफमा कन्ट्र्याक्ट ट्रासिंग पर्याप्त हुन नसक्नु, सामान्य लक्षणका संक्रमितले जाँच नै नगराउनु र यातायात एवं अन्य समस्याका कारण परीक्षण गराउनेको संख्या घट्नु जस्ता कारणहरु मुख्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रशाद पौडेलले बताए ।

यस्तै समुदायमा भएको एन्टीजेन परीक्षणको सबै रिपोर्ट समयमै प्राप्त नहुँदा समेत परीक्षणमा कमी देखिएको उनले बताए । हिजो शनिबारको तथ्यांक लिन केही असहज पनि हुने भएका कारण परीक्षण झनै कम देखिएको उनको भनाइ छ ।

तर, धेरै नमुना परीक्षण हुने गरेका ल्याबहरुमा पनि स्वाबहरुको संख्या भने पछिल्ला दिनहरुमा घट्दै गइरहेको उनले बताए । यसको कारण ती ल्याबहरुमा बुझ्दा परीक्षण गर्न आउने मानिसहरुकै संख्या कम भएको डा. पौडेलले बताए ।

कुल संक्रमित संख्या घट्दै जादा परीक्षण गर्न जानेको संख्या पनि घटेको देखिन्छ र केही मानिस हिचकिचाहटका कारण समेत परीक्षण गर्न नजाँदा कुल परीक्षणमा कमी भइरहेको डा. पौडेल बताउँछन् ।

सबै मानिसहरुले सामान्य लक्षण देखिएकै अवस्थामा पनि संक्रमण जाँच गर्दा समस्या आइपरेमा सहजरुपमा स्वास्थ्य उपचार पाउन सक्छन् । त्यसकारण सर्वसाधरण आफैले पनि परीक्षण गराउनका लागि जागरुप हुनुपर्ने देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ