arrow

लमजुङ काँग्रेसका पूर्व सभापतिको निधन, देउवा दु:खी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ३१ सोमबार
sher-bahadur-deuba.jpg.jpeg

काठमाडौँ ।  नेपाली काँग्रेस लमजुङका पूर्व सभापति हरिभक्त अधिकारीको निधन भएको छ ।  पूर्व सांसद एवं नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा हरिभक्त अधिकारीको ७९ वर्षको उमेरमा निधन भएको हो । काठमाडौँको मनमोहन मेमारियल अस्पतालमा उपचारका क्रममा जेठ ३० गते राति उनको निधन भएको हो  । 

वि।सं। १९९९ पुस १९ गते लमजुङको सुन्दर बजार नगरपालिका वडा नं। ४ साबिक दुराडाँडा गा।वि।स। चार घरे मा जन्मिका अधिकारी विगत लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित थिए ।  स्वर्गीय अधिकारी २०४८ देखि २०५३ सम्म नेपाली काँग्रेस जिल्ला कार्यसमिति लमजुङको सभापति थिए । 

पार्टीको विभिन्न तहको पदमा रही कार्य गर्नु भएका स्वर्गीय अधिकारी वि।सं। २०५६ को आम निर्वाचनमा लमजुङ जिल्ला निर्वाचन क्षेत्र नं। २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए । स्वर्गीय अधिकारी गैरसरकारी संस्था महासङ्घको पूर्व केन्द्रीय का।वा। अध्यक्ष र नेपाल खाद्य संस्थानको पूर्व अध्यक्ष तथा विभिन्न सामाजिक सङ्घ संस्थामा आबद्ध रहँदै विकास निर्माणमा समेत क्रियाशील रहेका थिए ।

नेपालको प्रजातान्त्रिक आन्दोलनको क्रममा उनले पटक पटक जेल जीवन समेत व्यतीत गरेका थिए । उनको निधनबाट पार्टीले एक अग्रज र अनुभवी व्यक्तित्वलाई गुमाएको छ । स्वर्गीय अधिकारीका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अधिकारीको निधनमा दु:ख व्यक्त गरेका छन् ।  उनको निधनप्रति  सोमवार शोक वक्तव्य जारी गर्दै भनेका छन्— “नेपाली काँग्रेसका नेता एवं पूर्व सांसद हरिभक्त अधिकारीको निधनको खबरले निकै दु:खी भएको छु । उहाँको निधनले नेपाली काँग्रेसले एक असल नेता गुमाएको छ । नेपाली काँग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा उहाँले पुर्‍याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, उहाँको आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ