- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सरकारमा सहभागी मन्त्रीहरुसँग स्पष्टीकरण सोधेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी नहुने जेठ ८ गतेको निर्णय विपरित सरकारमा सहभागी भएको भन्दै स्पष्टीकरण सोधेका हुन् । उनीहरुलाई सात दिनको म्याद दिइएको छ ।
जसपा कार्यकारिणी समितिको बैठकले ओली नेतृत्वको सरकारमा सहभागी नहुने निर्णय विपरित सरकारमा सहभागी भएका ९ जना मन्त्रीलाई स्पष्टीकरण सोधिएको जसपा सचिवाललय जनाएको छ ।
अध्यक्ष यादवले ओली सरकारमा सहभागी भएका जसपाका नेता राजकिशोर यादव, अनिलकुमार झा, शरदसिंह भण्डारी, चन्दा चौधरी, उमाशंकर अरगरिया, एकबाल मियाँ, विमल श्रीवास्तव र राज्यमन्त्री बनेका चन्द्रकान्त चौधरी र रेणुका गुरुङलाई पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा स्पष्टीकरण सोधिएको हो ।